प्रधानमन्त्री र अमेरिकी राजदुतवीच भेटबार्ता
समयसीमामा पुनर्विचारको गुन्जायस छ कि छैन ? प्रधानमन्त्री, समयसिमाभित्रै निर्णय लिईदिनुस् : राजदुत

काठमाडौं । एमसीसीबारे निर्णायक निर्णय लिन सत्तागठबन्धन दलका नेताहरुको बैठकको तयारी भईरहँदा प्रधानमन्त्री शेरवहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीबीच भेटवार्ता भएको छ ।
बुधबार साँझ प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । वुधबार नै एमसीसी संसदमा पेश गर्ने तयारीमा रहेका प्रधानमन्त्री देउवा सत्ता गठबन्धन दलको अर्काे घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दवाव पछि केही दिन पछि सार्न तयार भएका थिए ।
त्यसपछि राजदुत बेरी प्रधानमन्त्री भेटन बालुवाटार पुगेका हुन् । बेरी वुधबार साँझ ६ बजे बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्रीले राजदुत बेरीसागको भेटमा सत्तागठबन्धनमा आएको दरारदेखि यसका कारण निम्तिएको सडक प्रदर्शन र सहमति खोज्न दुई दिनको समय लिएको विषयमा जानकारी गराउका थिए ।
कांग्रेस र सरकार एमसीसी अगाडी वढाउन ढृढ रहेको प्रधानमन्त्रीको भनाई रहेको बालुवाटार स्रोतले बतायो । अमेरिकाले अब एमसीसीको समय बढाउन नसकिने गरी समयसीमा दिएकाले त्यो समयसीमामा पुनर्विचारको गुन्जायस छ कि छैन भन्ने विषयमा पनि देउवाले राजदूतसँग जिज्ञासा राखेका थिए ।
तर राजदुत बेरीले यस सम्वन्धमा नेपालले समयसिमाभित्रै निर्णय लिईदिनुपर्ने अमेरिकाको चासो रहेको बताएको बालुवाटार स्रोतले जनाएको छ ।
















वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया