बसको ठक्करबाट बालाजुमा दुई जना पैदलयात्रीको मृत्यु, चालक फरार
मेरोन्यूज
२०७८ फागुन ५ गते १५:२६

काठमाडौं । काठमाडौं बालाजुमा बिहीबार बिहान बसको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रसुवाको कालिका गाउँपालिका–५ घर भइ काठमाण्डौको मनमैजु बस्ने १८ वर्षीय बिकाश तामाङ र अन्दाजी ५० वर्षीया महिला रहेका छन् । मृतक महिलाको भने सानाखत हुन बाँकी रहेको छ ।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।
बिहीबार बिहान ६ बजे माछापोखरीबाट बालाजुतर्फ जाँदै गरेको नम्बर नखुलेको बसले पैदल हिडिरहेका उनीहरुलाई ठक्कर दिएको थियो ।
दुर्घटना पश्चात बस सहित फरार भएका चालकको खोजी भइरहेको प्रहरी बृत्त बालाजुले जनाएको छ ।
सम्बन्धित












टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
प्रतिक्रिया