पाँच जिल्लामा प्रजिअ र तीन जिल्लामा सहायक प्रजिअको काज सरुवा

काठमाडौँ / गृह मन्त्रालयले पाँच जिल्लामा प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को काज सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट पाँच जिल्लामा प्रजिअको काज सरुवा गरेका हुन् । सरुवा गरिने प्रजिअमा दुई सहसचिव र तीन उपसचिव छन् ।
मन्त्रीस्तरीय निर्णयबाट धनकुटामा युवराज कट्टेल र नुवाकोटमा नारायण रिसाललाई प्रजिअ बनाएर पठाइएको हो । उनीहरू दुबै जना सहसचिव हुन् । कट्टेल भर्खरै सहसचिवमा बढुवा भएका हुन् भने रिसाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सरुवा भएर गृह मन्त्रालयमा आएका थिए ।
त्यस्तै रुकुमपूर्वमा कृष्णबहादुर खड्का, हुम्लामा सिता परियार र जाजरकोटमा रामबहादुर शाहीलाई प्रजिअ बनाएर पठाइएको छ । यी तीनै जना उप सचिव हुन् ।
खड्का लाहान इलाका प्रशासन कार्यालयको प्रमुख, परियार भक्तपुरको सहायक प्रजिअ र शाही एयरपोट अध्यागमन कार्यालयमा कार्यरत थिए । त्यस्तै तीन जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि परिवर्तन गरिएका छन् । जाजरकोटमा प्रजिअ रहेका प्रेम देवकोटालाई बर्दियामा सहायक प्रजिअ बनाएर पठाइएको छ ।
हुम्लाका प्रजिअ गणेश आचार्यलाई एयरपोट अध्यागमनमा पठाइएको छ । बर्दियाका सहायक प्रजिअ माधव शर्मालाई भक्तपुरमा सहायक प्रजिअ बनाएर पठाइएको छ ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया