प्रहरीद्वारा ८६ लाखको अवैध सामान बरामद

बुटवल / रुपन्देही प्रहरीले ८६ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बिहीबार ८६ लाख आठ हजार ६०० रुपैयाँ बराबरको अवैध जुत्ता चप्पल बरामद गरी आवश्यक कारबाहीका लागि पिकअप गाडी र दुईजना व्यक्तिलाई सम्बन्धित निकायमा पठाएको छ ।
प्रहरीले बिहीबार दिउँसो साढे १२ बजेको समयमा रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १ तिनाउपुलमा लु१ज ३१६७ नम्बरको पिकअप गाडीलाई चेकजाँच गर्ने क्रममा भारतबाट अवैधरुपमा ल्याउँदै गरेको १२ लाख मूल्य बराबरको १८८ जोर जुत्ता र थान कपडा १२ सय ९६ मिटर बरामद गरेको हो ।
त्यसक्रममा पिकअप चालक कृष्ण थापा र गाडीमा सवार तुलसी थारुलाई प्रहरीले नियन्त्रणमा लिई सामान सहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाएको छ ।
साथै उक्त अवैध सामान भण्डारण गर्ने गरिएको अवैध गोदामलाई पहिचान गरी जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका वडा नम्बर ५ विकास पथ स्थित रहेको गोदाममा कार्यालयबाट खटिएको प्रहरी टोली र राजश्व अनुसन्धान कार्यालय बुटवलबाट खटिएको संयुक्त टोलीले छापा मारेको थियो ।
त्यसक्रममा गोदामभित्र अवैध रूपमा राखिएका ६ हजार १३४ जोर ३१ कार्टुन विभिन्न किसिमका जेन्स तथा लेडिल जुत्ताहरू, पाँच हजार २५० जोर विभिन्न किसिमका जेन्स तथा लेडिज चप्पलहरू र ३२५ जोर सेण्डिल गरी कुल जम्मा ७४ लाख आठ हजार ६०० रुपैयाँ बराबरको सामान बरामद गरी राजश्व अनुसन्धान कार्यालयमा पठाएको छ ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया