शनिबार, माघ ३, २०८२

करेन्ट लागेर दाजु भाइको मृत्यु

मेरोन्यूज २०७८ फागुन ६ गते ७:३७

काठमाडौँ । पाल्पाको तिनाउ गाउँपालिकामा करेन्ट लागेर दाजु भाइको मृत्यु भएको छ । माछा मार्ने क्रममा तिनाउ २ खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको करेन्ट लागेर मृत्यु भएको हो ।

बिहीबार साँझ करिब ७ बजेको समयमा तिनाउ २ स्थित दोभान खोलामा माछा मार्ने क्रममा दाजु भाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय तिनाउ १ बेलदमार बस्ने पदमबहादुर चिदीको घरबाट तार जोडेर माछा मार्ने क्रममा दाजु भाइलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए ।

घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया