काठमाडौँको ढुंगे अड्डामा ‘नो एमसीसी’ लेखिएको शंकास्पद वस्तु फेला
मेरोन्यूज
२०७८ फागुन ६ गते ८:१४

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाको ढुंगे अड्डास्थित कालिका पम्प नजिकै ‘नो एमसिसी’ लेखिएको प्रेसर कुकर फेला परेको छ । थानकोट कलंकी सडक खण्डअन्तर्गत ढुंगे अड्डाको कालिका पम्पमा ‘नो एमसीसी’ लेखिएको संकास्पद प्रेसर कुकर फेला पारिएको एक स्थानीयले मेरोन्यूजलाई जानकारी दिए ।
उनले भने, ‘वरीपरी प्रहरी, सशस्त्र र आर्मीले घेरेका छन्, पेट्रोल पम्प परिसरमा प्रेसर कुकरमा शंकास्पद रुपमा ‘नो एमसीसी’ लेखिएको छ ।’ उक्त प्रेसर कुकरमा बम रहेको आशंका भएपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटना स्थलमा पुगेको छ ।
सरकारले आज एमसीसी सम्झौता टेबल गर्ने तयारी गरेको छ । एमसीसी सम्झौता टेबल हुने आशंकामा केही दिनदेखि सर्वसाधरण नागरिक आन्दोलनमा उत्रिएका छन् । विभिन्न दलले आज पनि एमसीसीको विरोधमा माइती घरदेखि संघीय संसद भवनसम्म विरोध प्रदर्शन गर्ने छन् ।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया