शनिबार, माघ ३, २०८२

काठमाडौँको ढुंगे अड्डामा ‘नो एमसीसी’ लेखिएको शंकास्पद वस्तु फेला

मेरोन्यूज २०७८ फागुन ६ गते ८:१४

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाको ढुंगे अड्डास्थित कालिका पम्प नजिकै ‘नो एमसिसी’ लेखिएको प्रेसर कुकर फेला परेको छ । थानकोट कलंकी सडक खण्डअन्तर्गत ढुंगे अड्डाको कालिका पम्पमा ‘नो एमसीसी’ लेखिएको संकास्पद प्रेसर कुकर फेला पारिएको एक स्थानीयले मेरोन्यूजलाई जानकारी दिए ।

उनले भने, ‘वरीपरी प्रहरी, सशस्त्र र आर्मीले घेरेका छन्, पेट्रोल पम्प परिसरमा प्रेसर कुकरमा शंकास्पद रुपमा ‘नो एमसीसी’ लेखिएको छ ।’ उक्त प्रेसर कुकरमा बम रहेको आशंका भएपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटना स्थलमा पुगेको छ ।

सरकारले आज एमसीसी सम्झौता टेबल गर्ने तयारी गरेको छ । एमसीसी सम्झौता टेबल हुने आशंकामा केही दिनदेखि सर्वसाधरण नागरिक आन्दोलनमा उत्रिएका छन् । विभिन्न दलले आज पनि एमसीसीको विरोधमा माइती घरदेखि संघीय संसद भवनसम्म विरोध प्रदर्शन गर्ने छन् ।

प्रतिक्रिया