शुक्रबार, वैशाख ११, २०८३

भन्सार छली गर्ने १६ जना पक्राउ

मेरोन्यूज २०७८ फागुन ७ गते ६:४५

काठमाडौँ । सप्तरी प्रहरीले ७ महिनाभित्र भन्सार छली गर्ने १६ जनालाई पक्राउ गरेको छ ।

Advertisement
NiccNicc

श्रावणदेखि अहिलेसम्म एक करोड १४ लाख ६४ हजार ६९ रुपैयाँ बराबरको भन्सार चोरी निकासी तथा पैठारीका अवैध सामानसहित १६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।

बरामद गरेको सामानसहित पक्राउ परेका १६ जनालाई आवश्यक कारबाहीका लागि राजविराज भन्सार कार्यालय तिलाठीको जिम्मा लगाएको प्रवक्ता काफ्लेको भनाई छ ।

प्रतिक्रिया