तनहुँमा १३६ मतदान स्थल निर्माण गरिने

काठमाडौँ । आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि तनहुँमा १३६ मतदान स्थल तय गरिएको छ । मतदाताले आफूले चाहेका उम्मेदवारलाई सहज रुपमा मतदान गर्न जिल्लाका दश पालिकामा उक्त मतदान स्थल तोकिएको हो ।
निर्वाचनसम्बन्धी सहजीकरणका लागि जिल्लाका सबै पालिकामा निर्वाचन फोकल पर्सन तोकिसकिएको निर्वाचन कार्यालय तनहुँले जनाएको छ । यस्तै, मुख्य निर्वाचन अधिकृतसहित पालिकाहरूमा निर्वाचन अधिकृत तोकिने जिल्ला निर्वाचन कार्यालय तनहुँका निर्वाचन अधिकृत हरिप्रसाद ढकालले जानकारी दिए ।
‘एक हजार मतदाता बराबर एक केन्द्र राख्ने योजना बनाएका छौँ,’ उनले भने, ‘फागुन १९ गते देखि २२ गतेसम्म दाबी विरोध, विवरण सच्याउन र नामावली हटाउन सबै स्थानीय तहमा पठाइने छ ।’
निर्वाचन कार्यालयले माघ २४ गतेसम्म एक लाख २८ हजार ५४२ महिला र एक लाख १९ हजार ९५१ पुरुष गरी कूल दुई लाख ४८ हजार ४९३ को विवरण निर्वाचन आयोगमा पठाइएको उनले बताए । फागुन २५ गतेसम्म परेका निवेदन कार्यान्वयन गरेर २६ गते निर्वाचन आयोगमा तथ्यांक पठाई चैत १३ गतेभित्र अन्तिम नामावली प्रकाशित गरिने छ ।
आसन्न निर्वाचनलाई स्वतन्त्र, भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मतदाता शिक्षा तथा परामर्शका कार्यक्रमलाई तीव्रता दिइएको छ । उनले भने, ‘मताधिकारबाट कोही पनि वञ्चित हुन नपरोस् भनेर पारदर्शी किसिमले काम गरिएको छ ।’
















मध्यपूर्व युद्धका कारण करिब एकहजार ५०० पानीजहाज अलपत्र
मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया