प्रजातन्त्रको अवसरमा चितवन कारागारका ११ कैदी छाडिए

चितवन । मन्त्री परिषद्को सिफारिसमा प्रजातन्त्र दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका पाँच सय एक कैदीवन्दीको सजाय मिनाहा र १२ जनालाई आममाफी दिएकी छन् ।
राष्ट्रपति कार्यालयले कैदीबन्दीको सजाय मिनाहा तथा आममाफी दिएको सूचना शुक्रबार नै निकाले पनि कैदीवन्दीहरू आज प्रजातन्त्रको दिवसको दिन छुटेका हुन् । चितवन कारागारका ११ कैदीले पनि सजाय मिनाहा पाएका छन् ।
तीमध्ये सवारी ज्यान मुद्दाका पाँच (नवलपरासी पूर्वका दुई, चितवनका दुई र भारतीय एक) र कर्तव्य ज्यान मुद्दाका दुई (चितवन र मकवानपुरका एक एक) जना छन् । बहुविवाह मुद्दाका नवलपरासी पूर्वका एक, वन पैदावार चोरी निकासी मुद्दाका चितवनका एक र चोरीका मुद्दका दुई (गोर्खा र धादिङका एक एक) जनाले सजाय मिनाहा पाएका चितवन कारागारका जेलर कमल काफ्लेले जानकारी दिए ।
सरकारले हरेक वर्ष प्रजातन्त्र दिवसको अवसरमा बानी व्यवहारमा सुधार गरेका कैदीवन्दीको सजाय मिनाहा गर्ने गरेको छ । यससँगै चितवन कारागारमा अब तीन आश्रित बालिकासहित सात सय १९ कैदीबन्दी रहेका छन् । तीमध्ये ५५ महिला र ६ सय ६१ पुरुष कैदीवन्दी रहेका छन् ।













माघीमा विवाहको छिनाफानो गर्ने चलन हरायो
निसीखोलामा पुतली नाचको रौनक
यी हुन् एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया