बालकुमारी माताको मूर्ति चोरलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले ललितपुर महानगरपालिका २७ सुनाकोठीको बालुकमारी मन्दिरको बालकुमारी माताको मूर्ति चोरलाई कारबाही गर्न निर्देशन दिएका छन् । शनिबार मूर्ति पुनःस्थापना, क्षमा पूजा र अनुसन्धानमा सम्लग्न पदाधिकारीलाई सम्मान कार्यक्रममा उनले सार्वजनिक सम्पत्तिको सुरक्षामा गतिशील भएर लाग्न ललितपुरको प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिए ।
‘सार्वजनिक सम्पत्तिको खोजिनिती गर्न ललितपुर प्रहरी अझै गतिशील भएर लागोस्, मूर्ति चोरी गर्ने चोरहरु कारबाहीमा परुन, म गृहमन्त्रालयको तर्फबाट उहाँहरूलाई निर्देशन दिन चाहन्छु,’ गृहमन्त्री खाँणले भने, ‘मन्दिरको सुरक्षाका लागि मन्दिर व्यवस्थापन समितिका साथीहरूसँग बसेर ललितपुरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुले कार्ययोजना बनाउनुहोस् ।’
उनले मूर्ति चोरी हुने वातावरण नबनोस्, भन्ने सर्तकताका लागि र आवश्यक व्यवस्थापनका लागि पनि प्रशासन र सुरक्षा निकायका पदाधिकारीलाई निर्देशन दिए । माघ ९ गते हराएको बालकुमारी माताको मूर्ति १९ दिनपछि माघ २८ गते भेटिएको थियो ।
गृहमन्त्री खाँणले नेपाल विविधताले भरिपूर्ण मुलुक भएको भन्दै विविधताबीच एकताका साथ अगाडि बढ्नु पर्ने बताए । उनले भने, ‘नेपाल विविधताले भरिपूर्ण छ । जातीय विविधता, धार्मिक विविधता, सास्कृतिक विविधता, हावापानीमा विविधता नेपालमा छ । यो विविधताबीच हामी सबै एकताका साथ अगाडि बढ्नु पर्छ ।’
उनले नेपालका परम्परा, रितिथिति र स्थापित मठ मन्दिरहरूले नेपालीहरूलाई सदैव एकतामा बाधेका बताए । नेपालीले आफूले अबलम्बन गर्ने धर्मप्रति पति अर्काले अबलम्बन गर्ने धर्मप्रति पनि सम्मान गर्ने क्षमता राख्ने बताए । ‘हामी आफूले अबलम्बन गर्ने धर्मप्रति पनि सम्मान प्रकट गर्दछौँ, अरुले अबलम्बन गरेको धर्मका प्रति पनि हाम्रो सम्मान रहेको छ । धार्मिक सदभावलाई बचाउन र खलबलिन नदिन हामी सबै जिम्मेबार हुनुपर्छ,’ गृहमन्त्री खाँणले भने ।
गृहमन्त्री खाँणले नेपाली नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको भन्दै नागरिकको अकालमा मृत्यु नहोस्, प्राकृतिक विपत्तिबाट मृत्यु नहोस् भन्नेमा सरकार सधै सतर्क र संवेदनशील रहेको बताए । कार्यक्रममा उर्जामन्त्री पम्फा भुसाल, ललितपुर महानगरपालिकाका पदाधिकारीसहित ललितपुरका प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका पदाधिकारीको उपस्थिति थियो ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया