शनिबार, पुष १२, २०८२

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

पेट्रोल, डिजेल र मट्टीतेल प्रतिलिटर ३ रुपैयाँले वृद्धि

मेरोन्यूज २०७८ फागुन ७ गते २२:३४

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढाइएको छ ।

नेपाल आयल निगमले शनिवार राति १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका पेट्रोलियममा तीन रुपैयाँले मूल्य वृद्धि भएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएर १४५ रुपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर ३ रुपैयाँले बढाएर १२८ रुपैयाँ भएको छ ।

खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । साथै हवाई इन्धनको मूल्य पनि यथावत राखेको छ । अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप प्रति लिटर पेट्रोल ५.६१ रुपैयाँले बढेको बढेको निगमले जनाएको छ ।

त्यस्तै, डिजेल ५.६२रुपैयाँले बढेको र हवाई इन्धन ४.९५ रुपैयाँले बढेको छ ।

प्रतिक्रिया