इँटा भट्टामा काम गर्ने आठ वर्षीया बालिकाको मृत्यु

भक्तपुर । भक्तपुुरको सुडालमा भएको दुर्घटनामा परी एक आठ वर्षीया बालिकाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका ८ सुडाल रानीबारीमा इँटा भट्टामा काम गर्ने विनिता मगरको मृत्यु भएको हो ।
सुडालबाट च्यामासिंहतर्फ आउँदै गरेको बा ४ ख ७३५२ नम्बरको टिपरले पैदलयात्री काभ्रे महाभारत गाउँपालिका २ घर भई हाल सुडालस्थित द्यः इँटा भट्टामा काम गर्ने सूर्यबहादुर मगरकी छोरीलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको मृत्यु भएको हो ।
उपचारका लागि ख्वप अस्पताल च्यामासिंह भक्तपुर लगेर प्राथमिक उपचारपछि थप उपचारका लागि मध्यपुर अस्पताल ठिमी लगेकोमा उपचारकै क्रममा आइतबार सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
चालक भक्तपुर नगरपालिका ८ जेला बस्ने २७ वर्षका राजेश कुस्मा र दुर्घटनामा संलग्न सवारी साधन महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।













प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल
आन्तरिक सुरक्षा : स्थिरता, विश्वास र राष्ट्र सन्तुलनको आधार
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
आज २०८२ साल माघ १ गते बिहीवारको राशिफल
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
प्रतिक्रिया