मंगलबार, माघ ६, २०८२

जनतालाई एमसीसीबारे यथार्थ जानकारी दिन संसदमा टेबल गरेका हौँ – कानुनमन्त्री बडू

मेरोन्यूज २०७८ फागुन ८ गते १५:१६

काठमाडौं । कानुन तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे जनतालाई यथार्थ जानकारी गराउन संसदमा एमसीसी टेबुल गरेको बताएका छन् ।

Advertisement
thakur moters insidethakur moters inside


नयाँ बनेश्वरस्थित संघीय संसद भवनमा आइतबार बसेको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा अहिले एमसीसीबारे सडकमा र बाहिर व्यापक विरोध भइरहेको तर संसदमा कुनै पनि छलफल र बहस नभएकाले आज संसदमा टेबुल गर्नुपरेको उनले बताए ।

उनले जनतालाई यथार्थ जानकारी गराउन एमसीसी परियोजना अनुमोदनका लागि संसदमा टेबल गरिएको बताए ।


‘संसदमा रहेका जनतालाई जवाफ दिन पनि एमसीसी संसदमा टेबुल भएको हो, अब संसदमा छलफल र बहस हुन्छ, । पास वा फेल जे भए पनि संसदमै हुन्छ,’ बडूले भने ।

प्रतिक्रिया