जनतालाई एमसीसीबारे यथार्थ जानकारी दिन संसदमा टेबल गरेका हौँ – कानुनमन्त्री बडू
मेरोन्यूज
२०७८ फागुन ८ गते १५:१६

काठमाडौं । कानुन तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे जनतालाई यथार्थ जानकारी गराउन संसदमा एमसीसी टेबुल गरेको बताएका छन् ।
नयाँ बनेश्वरस्थित संघीय संसद भवनमा आइतबार बसेको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा अहिले एमसीसीबारे सडकमा र बाहिर व्यापक विरोध भइरहेको तर संसदमा कुनै पनि छलफल र बहस नभएकाले आज संसदमा टेबुल गर्नुपरेको उनले बताए ।
उनले जनतालाई यथार्थ जानकारी गराउन एमसीसी परियोजना अनुमोदनका लागि संसदमा टेबल गरिएको बताए ।
‘संसदमा रहेका जनतालाई जवाफ दिन पनि एमसीसी संसदमा टेबुल भएको हो, अब संसदमा छलफल र बहस हुन्छ, । पास वा फेल जे भए पनि संसदमै हुन्छ,’ बडूले भने ।
सम्बन्धित
















सुनचाँदीको मूल्य आजपनि घट्यो, कतिमा हुँदैछ कारोबार ?
कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी
राना थारू समुदायमा परम्परागत पहिरन लगाउने चलन लोप हुँदै
रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज सर्वोच्चमा सुनुवाइ
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया