जेनजी आन्दोलनबारे कार्की आयोगको प्रतिवेदन किन गुपचुप ? : प्रदीप पौडेल

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गौरीबहादुर कार्की नेतृत्वले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । महामन्त्री पौडेलले आज सामाजिक सञ्जालमा एक वक्तव्य जारी गरी जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गतेका घटना छानविनका लागि गठित आयोगबाट प्राप्त भएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् ।
“आयोगले प्रतिवेदन बुझाएको लामो समय भइसक्यो प्रतिवेदन सार्वजनिक नगरी गुपचुप राखिनु विडम्बना हो, यसले आशंका जन्माएको छ”, महामन्त्री पौडेलले भने ।
आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी भएको उनको भनाइ छ । महामन्त्री पौडेलले आइतबार सम्पन्न कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकबाट पार्टीले प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्ने निर्णय गरेको स्मरण गराएका छन् । सरकारले प्रतिवेदन लुकाउँदा घटनाको सत्यतथ्य बाहिर आउन नपाएको र नागरिकको सूचनाको हक कुण्ठित भएको उनको तर्क छ।


















एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री खनाल
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया