शेर्पालाई हराउँदा जावलाखेलको रेलिगेसन टर्याे

काठमाडौं । रुपबहादुर लामा र ओन्गुना जुनियरको गोल प्रेरित जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबलाई २–१ अन्तरले पराजित गरेको छ ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्राप्त जितसँगै जावलाखेलले रेलिगेसन जोनका सम्भावित डर टारेको छ । जावलाखेलको जितमा रुपबहादुर र जुनियरले गोल गर्दा शेर्पाका अमृत श्रेष्ठले सान्त्वना फर्काए ।
खेलको १५औँ मिनेटमा रुपबहादुरले गोल गर्दै जावलाखेललाई सुरुवाती अग्रता दिलाए । उनको कर्नर प्रहार आकर्षक रुपमा जाली चुमेको थियो । राष्ट्रिय टोलीका गोलरक्षक समेत रहेका दीप कार्कीले उनको प्रहार गोलमा रुपान्तरणा भएको ठम्याउनै सकेनन् । ७१औँ मिनेटमा अमृतले गोल गर्दै हिमालयनलाई १–१ को बराबरीमा ल्याए । प्राप्त बललाई सिक्स यार्ड बक्समा नियन्त्रणमा लिँदै अमृतले बाइसाइकल गोल गरेका थिए ।
निर्धारित समयको खेल सकिन दुई मिनेटअघि ओन्गुनाले गोल गर्दै जावलाखेललाई २–१ को जित दिलाए ।
जितसँगै जावलाखेल १२ खेलबाट १३ अंक सहित नवौँ स्थानमा उक्लिएको छ । समान अंक भए पनि उसले शेर्पालाई हेड टु हेडमा पछि पारेको हो । शेर्पा १०औँ स्थानमा छ ।
















योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
गतिशील सहकारीका अध्यक्ष पाठकविरुद्ध सात दिन म्याद थप
यी हुन् मन्त्रिपरिषद्का निर्णय
सिंहदरबार पुगेर गृहमन्त्रीको राजीनामा माग्ने विद्यार्थी पक्राउ
सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
प्रतिक्रिया