महोत्तरी प्रकरण : श्रीमानले साथीहरुसँग मिलेर गरे हत्या

महोत्तरी । महोत्तरीको सागरनाथ जंगलभित्र मृत अवस्थामा फेला परेकी महिलाको हत्या गरी फालिएको पाइएको छ ।
हत्यामा संग्लन भएको आरोपमा मृतकका श्रीमान अजय महतो कोइरी र उनका सहयोगी प्रमोद राउतलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।
५ दिन अगाडि गौशाला नगरपालिका वडा नं. १२ कान्तिबजार जाने बाटोमा रेल्वे लिकभन्दा ५ सय मिटर अगाडि पहिचान खुल्न नसकेकी मृत महिला भारतको सितामाढीकी राधा भनिने अपसना खातुन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
कसरी हत्या भयो ?
मृतक राधा भनिने अपसना खातुन सर्लाहीमा ज्याला मजदुरी गर्ने गर्थिन् । यसैक्रममा २ बर्ष अगाडि पेटी ठेक्कापट्टा गर्ने अजय तिवारीसँग भेट भयो ।
अजय र राधाको नजिकपना बढ्दै गएपछी उनीहरुको समबन्ध प्रेमसम्बन्धमा रुपान्तरण भयो । उनीहरुले प्रेमसम्बन्धलाई २ बर्ष अगाडिमात्र विवाहमा परिणत गराएका थिए ।
राधाको अजयसँग दोश्रो बिवाह हो । २ बर्ष अगाडि नै राधाको पहिलो श्रीमानसँग सम्बन्ध बिग्रिएपछि उनी तनावमा थिइन् । सोही समयमा अजयसँगको भेट भएको थियो ।
उनका पहिलो श्रीमानको घर भारतको उत्तर प्रदेशमा हो ।
पहिलो श्रीमानबाट राधाका दुई छोरा छन् । दुई छोराहरुको पालन पोषणको सर्तमा हत्या आरोपित दोश्रो श्रीमान अजय साहले दुई वर्ष अगाडि विवाह गरे । नेपालमा बसेर काम गरेपनि अजय र मृतक राधाको माइती भारतको सितामाढी नै हो ।
अजयले प्रहरीलाई दिएको बयान अनुसार राधाले अजयलाइ उनको घर भारतको बिहार प्रदेशस्थित सितामाढी लैजान निक्कै कर गरिन् ।
अजयले राधालाई घर लिएर गए । तर उनीहरुको सम्बन्धलाई परिवार र समाजले स्वीकार गरेन । त्यसपछि उनीहरु पुनः सर्लाही नै फर्किए ।
सर्लाहीस्थित मलङगवामा कोठा भाडामा लिएर बसेका उनीहरुको दैनिक जेनतेन चलिरहेको थियो । राधाले श्रीमान् अजयलाई कोट म्यारिज गर्न, अधिकार दिन दबाब दिइन् ।
अजयले प्रहरीलाई दिएको बयानअनुसार आर्थिक कारोबारमा समेत राधाले बिस्तारै अजयलाई तनाव दिन थालिन् ।
तुरुन्त अधिकार नदिलाए जवर्जस्त करणीको मुद्दामा फसाउने समेत धम्की दिएपछी अजयले त्यो तनाव झेल्न नै सकेनन् ।
कसरी भयो हत्याको योजना ?
अजयको अनुसार ७ महिनाको गर्भवतीसमेत रहेकी राधाले निक्कै तनाव दिएपछि उनले उक्त पीडा आफ्ना साथीभाइलाई पनि भने ।
साथीभाई कै योजनामा अजयले भित्रभित्रै राधालाई जीवनवाट नै पन्छाउने योजना बुन्दै गए । लामो छलफलपछी अजयका साथी प्रमोद राउत र सँगै काम गर्ने एक जनाले हत्याको योजना बताए ।
प्रमोदले महोत्तरीको सागरनाथ जंगलमा लैजाने र त्यही हत्या गर्ने सुझाएपछि अजय र उनका सहयोगी पनि तयार भए ।
२ फाल्गुनमा मेला हेर्न महोत्तरीको गौशालामा जाने भनेर सुनाएपछी राधा पनि निक्कै खुसी भइन् । श्रीमान अजय महतोले पहिलो आफूसँग विवाह गरे आउनु अघिका २ छोराहरुलाई पनि सँगै लिएर गए । साथमा प्रमोद राउत र अजयका अर्का एक जना सहयोगी पुरुष पछि–पछि थिए ।
उनीहरुले महिलालाई सागरनाथ जंगलको रेल्वे ट्र्याकमा लगेर सलले घाटीमा तीन फन्को बाँधे । दुवै जनाले राधालाई समाएर कन्चट र छातीमा लात्तीले हाने । त्यसपछि पेटमा लाताले हानेर हत्या गरेपछि उनीहरुले रेल्वे ट्र्याकवाट २ सय मिटर अगाडि ल्याएर शव छाडेर भागे ।
अभियुक्त कसरी पक्राउ परे ?
महिलाको घाटीमा निलडाम र शरीरका विभिन्न भागहरुमा चोटपटक देखेपछि प्रहरी घटनाको अवस्था हेर्दै हत्या नै भएको निष्कर्षमा पुगेको थियो ।
अझ २ फाल्गुनमा बेवारिसे अवस्थामा गौशालामा नै फेला परेका दुई बच्चा प्रहरीलाई अनुसन्धान गर्न निक्कै सहज बन्यो । दुई बच्चा मध्य एउटा बच्चालाई बुवाको नाम सोधपुछ गर्दा अजय बताएपछी प्रहरीले त्यसलाई पनि आधार बनायो ।
प्रारम्भिक अनुसन्धानमा आएका हरेक प्रमाणहरुलाई आधार बनाएर महोत्तरीको प्रहरीमात्र होइन सर्लाही र भारतमा समेत प्रहरीले निगरानी बढायो ।
इलाका प्रहरी गौशाला, जिल्लाको अनुसन्धान बिभाग र प्रदेशका प्रहरीले घटनालाइृ सुक्ष्म अध्ययन गरेपछि प्रहरीको आशंका श्रीमानतर्फ मोडियो ।
त्यस्को ५ दिनपछि भारतीय प्रहरीको सहयोग नेपाल प्रहरीले हत्याको आरोपित अजय महतो र प्रमोद राउतलाइ भारतको सितामाढीबाट पक्राउ गरेको छ भने हत्यामा संलग्न एक जना अझै फरार छन् ।
मंगलवार बेलुका महोत्तरीको गौशाला–११ स्थित सागरनाथ जंगल नजिकैको पसलमा वेवारिसे अवस्थामा फेला परेका २ जना बालक मृतक महिलाको नै भएको पुष्टि भएको छ ।
उनीहरु महिलाको पहिलो पतिबाट जन्मिएका र उनीहरुलाई अभिभावकको जिम्मा लागाउने प्रहरीले तयारी गरेको छ ।
उनीहरुलाइ महिलासँगै ल्याएको भएपनि हत्या गर्ने योजना नभएको हत्या आरोपित अजय साहले प्रहरीको बयानमा भनेका छन् ।
अहिले बच्चाहरु स्थानीय दिनेश महतोको आश्रयमा छन् ।












घरको छतबाट खसेर वृद्धाकाे मृत्यु
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
प्रतिक्रिया