सप्तकोशी नगरपालिका कार्यालय तोडफोड
काठमाडौँ । तालाबन्दी गर्न सुरक्षा निकायले रोकेपछि प्रदर्शनकारीले सप्तरीको सप्तकोशी नगरपालिका कार्यालय तोडफोड गरेका छन् । नगर प्रमुख उत्तम गौतमले एक विज्ञप्ति जारी गरी महिला नगर प्रहरीमाथि हातपात र ढुङ्गामुढा गरी कार्यालयका समान तोडफोड गरेको जानकारी दिए ।
कार्यालय तोडफोड गर्ने तथा जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीलाई भौतिक चोट पुर्याउने घटनाप्रति नगरपालिकाले विज्ञप्तिमार्फत खेद व्यक्त गरेको छ । सङ्घर्षमा उत्रिएको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले बिहीबार नगरपालिकामा गरेको तालाबन्दी शुक्रबार खोलेपछि पुनः ताला लगाउन जाँदा घटना भएको हो ।
प्रदर्शनकारीहरूले सप्तकोसी नगरपालिकाको कोभिडको खर्च र आन्तरिक लेखा परीक्षणको विवरण, राष्ट्रिय मावि फत्तेपुरको भवन निर्माणको ठेक्का प्रक्रिया र अङ्ग्रेजी माध्यम कक्षा सञ्चालन खर्च व्यवस्थापनको विवरण उपलब्ध गराउनुपर्ने र आर्थिक वर्ष २०७८–७९ मा नगरभित्रका सम्पूर्ण ११ वटै वडाका योजना कार्यान्वयन हुनु पर्ने माग राख्दै ताला लगाएका थिए । माग सम्बोधन नगरी नगरपालिकाले आफूखुशी ताला खोलेर द्वन्द्व निम्ताएको सङ्घर्ष समितिको भनाइ छ ।
नगर प्रमुख शर्माले वार्ताका लागि पटकपटक बोलाए पनि नआएपछि नागरिक समाज, प्रहरी प्रशासनको रोहबरमा निर्णय गरी ताला खोलेको बताए । सेवा प्रवाह अवरोध हुँदा नागरिकलाई नै मर्का परेकाले सबैको निर्णयबाट ताला खोलिएको उनले बताए ।
माग गरिएको खर्च विवरण नगरपालिकाले एक सातामै तयार पारे पनि लिन बोलाउँदा कोही नआएको जानकारी दिनुहुँदै नगरप्रमुख शर्माले कार्यपालिका बैठकले निर्णय गरेर आन्दोलनरत पक्षलाइ वार्तामार्फत समस्या समाधान गर्न पटक–पटक मौखिक र अन्तत लिखित रुपमै विवरण लिन बोलाए पनि नआएको जानकारी दिए । वार्ताबाट समाधान हुने परिस्थितीमा कार्यालयमा ढुङ्गामुडा गरी नियोजितरुपमा क्षति पुर्याउनु र जनप्रतिनिधि र कर्मचारीमाथि भौतिक चोट पुर्याउनु निन्दनीय रहेको नगरप्रमुख शर्माले बताए ।













एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक बस्दै
Ministers have no liberty to favour any political party: Home Minister Aryal
युद्धविरामपछि पनि गाजामा आक्रमण, पाँच बालबालिकासहित १३ जनाको मृत्यु
केएमसी बास्केटबल आइतबारदेखि
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया