शुक्रबार, पुष २५, २०८२

आज यी स्थानमा चट्याङसहित वर्षा हुने

मेरोन्यूज २०७८ फागुन ९ गते ६:५७

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । प्रदेश १ लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भूभागको केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले चिसोबाट बच्न र सतर्क हुन सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया