ट्रकले च्यापिएर प्रहरी जवानको मृत्यु
मेरोन्यूज
२०७८ फागुन ९ गते ११:१३
काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिका ११ स्थित कोहलपुर चौराहमा आइतबार राति ट्रक पल्टिँदा च्यापिएर डियुटीमा खटिएको प्रहरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा प्रहरी चौकी खडैचा दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय बाँकेमा कार्यरत ३६ वर्षीया प्रहरी जवान कविता वि.सी. रहेकी छन् । शम्सेरगंजबाट कौशिलानगर बाँकेतर्फ जाँदै गरेको ना ३ ख ६४३६ नम्बरको ट्रक कोहलपुर चौराहमा मोड्ने क्रममा पल्टिँदा उनी च्यापिएकी थिइन् ।
घाइते भएकी उनको उपचारका क्रममा कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा आइतबार राति सवा १० बजे मृत्यु भएको हो । गएराति १० बजे भएको सवारी दुर्घटनालगतै फरार भएका ट्रक चालकको खोजी भइरहेको छ ।
सम्बन्धित












फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
विशेष महाधिवेशनमा उपस्थित हुन गुल्मी कांग्रेसको आग्रह
झापामा आगलागी हुँदा रु एक करोड ३० लाखको क्षति
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज
प्रतिक्रिया