बैतडीमा ट्रिपर दुर्घटना हुँदा पाँच विद्यार्थीको मृत्यु
मेरोन्यूज
२०७८ फागुन ९ गते १८:०३

बैतडी । बैतडीमा ट्रिपर दुर्घटना हुँदा पाँच जना विद्यार्थीको मृत्यु भएको छ । मृतकको परिचय खुल्न सकेको छैन ।
पाटन नगरपालिका–३ स्थित झालीमाली भिरबाट ट्रिपर खस्दा ट्रिपरमा सवार विद्यार्थीको मृत्यु भएको हो ।
उक्त ट्रिपरमा सिगास माविका विद्यार्थीहरु रहेको बुझिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ भने अहिले प्रहरी घटनास्थल तर्फ गइरहेको छ ।
दुर्घटनामा पाँच विद्यार्थीको मृत्यु भएको सुन्नमा आएको पाटन नगरपालिकाका उपप्रमुख सरस्वती कोलीले बताइन् । अहिले आफू घटनास्थलतर्फ गइरहेको उनले बताइन् ।
सम्बन्धित













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया