अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित

ढोरपाटन (बागलुङ) । ढोरपाटन क्षेत्रमा अत्यधिक चिसो बढी पानी जम्न थाल्दा पनि विद्यालय सञ्चालनमा आउँदा विद्यार्थी मारमा परेका छन् ।
चिसो बढेपछि स्थानीय बासिन्दा बँेसी झर्न थालेसँगै केही विद्यालयले तलतिरै पठनपाठन सुरु गरे पनि ज्योति विकास माध्यमिक विद्यालयका र सिद्ध प्राथमिक विद्यालयले साबिककै स्थानमा कक्षा सञ्चालन गर्दा विद्यार्थी मारमा परेका हुन् ।
ढोरपाटन नगरपालिका–९ चिसापानीमा रहेको ज्योति विकास माध्यमिक विद्यालय र छेन्तुङस्थित सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी तथा शिक्षक अत्यधिक चिसोका कारण बिरामी भई पठनपाठन प्रभावित भएको छ ।
ज्योति विकास माध्यमिक विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैका अनुसार बिहान बाक्लो तुसारो पर्ने र दिउँसोमा चिसो सिरेटोले विद्यार्थीलाई ज्वरो, रुघाखोकीसहित निमोनिया हुने समस्या देखिँदा पठनपाठन प्रभावित बनेको छ । चिसोका कारण हिजोआज स्थानीय धारा र खोलाको पानी जमेको छ । गत वर्ष पुस पहिलो साता माघ अन्तिमसम्म विद्यालय बिदा हुने गरेकामा यस वर्ष पालिकाको क्यालेन्डरअनुसार चल्दा समस्या सिर्जना भएको हो ।
चिसोका कारण हातखुट्टा कठ्याङ्ग्रिँदा पढाइप्रति ध्यानै नजाने कक्षा १० मा अध्ययनरत छात्रा ओममाया विकले बताउनुभयो । एसइई पनि नजिदै गरेको भन्दै जाडोले गर्दा विद्यालय जान आउनसमेत गाह्रो हुने गरेको उहाँको भनाइ छ ।
जाडोका कारण पुस महिना लागेपछि दुई/तीनपटक बिरामी परेको विकले सुनाए । गत वर्षदेखि कक्षा १० सञ्चालन भएको आफ्नो विद्यालयमा अहिले १६८ विद्यार्थी रहेको प्रधानाध्यापक अदैले जानकारी दिए।
यसैबीच ढोरपाटन नगरपालिकाका सहायक शिक्षा अधिकृत ज्ञानेन्द्रप्रकाश सापकोटाले विद्यालयहरूसँग सहकार्य गरेर वैकल्पिक उपाय खोज्ने बताए। शिक्षकहरुकै राय लिएर वार्षिक क्यालेन्डर बनाएको उनको स्पष्ट गरे ।
ढोरपाटनमा सञ्चालित जनवादी आधारभूत विद्यालय र सहलथान प्राथमिक विद्यालयले घुम्ती पठनपाठन सुरु गरेका छन् । जनवादीले ढोरपाटन नगरपालिका–९ बिजौले र सहलथानले वडा नं ८ को नौघर टोलाबाट पढाइ सञ्चालन गरेका छन् ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया