टाटा सुमो र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
मेरोन्यूज
२०७८ फागुन ९ गते २१:२२

काठमाडौं । धनुषाको धारापानीस्थित पूर्वपश्चिम लोकमार्गमा टाटा सुमो र मोटरसाइकल ठोक्किएर भएको दुई जनाको मृत्यु भएको छ ।
सोमबार जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर ९ स्थित धारापानीमा पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ ज ३०१८ नम्बरको टाटा सुमो र विपरित दिशातर्फबाट आइरहेको प्रदेश २–०२–००१ प ८३४६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा शहीद नगरपालिका १ बस्ने १७ वर्षीय महेशकुमार सहनी र सोही मोटरसाइकलमा पछाडी सवार रहेका धनुषाधाम नगरपालिका ८ स्थित मुलाबारीका २४ वर्षीय मनिष विश्वकर्मा रहेका छन् ।
उनीहरुको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए ।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया