सोमबार, पुष २८, २०८२

नेपाल बारको निर्वाचन तालिका सार्वजनिक

मेरोन्यूज २०७८ फागुन १० गते ७:१२

काठमाडौँ । कानुन व्यवसायीको संगठन नेपाल बार एसोसिएसनको निर्वाचन तालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिकाअनुसार आगामी चैत १९ गते निर्वाचन हुने भएको हो ।

बारले आज मतदाता नामावली प्रकाशित गर्ने छ । तालिका अनुसार, २३ फागुन २०७८ मा उमेद्वारी मनोनयन दर्ता गर्नु पर्ने छ । त्यसपछि करिव तीन साताभन्दा बढी प्रचारप्रसारका लागि समयावधि मिलाइएको छ ।

१९ चैतमा देशभरका ३५ वटा निर्वाचन केन्द्रमा मतदान हुने छ । बारले निर्वाचन केन्द्रसमेत तोकिसकेको छ ।

प्रतिक्रिया