तीन देशका विदेश मन्त्री युक्रेन जाँदै

काठमाडौँ । विभिन्न तीन देशका विदेश मन्त्रीहरूले यसै हप्ता युक्रेनको भ्रमण गर्ने भएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार इस्टोनीया, लाट्भीया र लिथुनियाका विदेश मन्त्री युक्रेन जान लागेका हुन् ।
युक्रेनलाई सहयोग र समर्थन गर्न ती देशका विदेश मन्त्रीहरू युक्रेन जान लागेको लाट्भीयाको विदेश मन्त्रालयले जनाएको छ । लाट्भीयाका विदेश मन्त्री एड्गार्स रिन्केभीस्कले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफुहरू युक्रेन भ्रमणमा जान लागेको पुष्टि गरेका हुन् ।
उनले आफूसँगै लिथुनिया र इस्टोनियाका समकक्षी पनि सँगै जान लागेको उल्लेख गर्दै मित्र राष्ट्रहरूको दायित्वअनुसार आफूहरूले भ्रमण गर्न लागेको स्पष्ट पारे । उनीहरूले आगामी बुधबार वा बिहीबार सुरु भइ शुक्रबारसम्म युक्रेनको भ्रमण गर्ने अपेक्षा गरिएको समाचारमा जनाइएको छ ।
युक्रेनमाथि रुसले आक्रमण गर्न लागेको चर्चा चलिरहेका बेला उनीहरूले युक्रेनको भ्रमण गर्न लागेका हुन् ।
















सुनचाँदीको मूल्य आजपनि घट्यो, कतिमा हुँदैछ कारोबार ?
कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी
राना थारू समुदायमा परम्परागत पहिरन लगाउने चलन लोप हुँदै
रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज सर्वोच्चमा सुनुवाइ
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया