टाउको र शरीर झोलामा फेला परेको शव पहिचान

काठमाडौँ । कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्डमा पर्ने धरान ४ स्थित आपगाछी क्षेत्रको जंगलमा भेटिएको शवको छ दिनपछि पहिचान खुलेको छ । दुई वटा झोलाभित्र टाउको, हात, खुट्टा शरीर छुट्टाछट्टै फेला परेको शव झापाको दमक नगरपालिका ५ का दीपक सिग्देलको भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।
दमक नगरपालिका ५ का वडाध्यक्ष इन्द्र गुरुङका अनुसार सिग्देलले दकम ५ बाट राहदानी बनाएको र इलामको चुलाचुलीबाट नागरिकताको प्रमाणपत्र बनाएको खुलेको छ । प्रहरीले खोजी गरे पनि दमकमा उनलाई चिन्ने मान्छे नभएको वडाध्यक्ष गुरुङले जानकारी दिए ।
प्रहरीका अनुसार उनी दाजुको घरमा गएका र पारिवारिक कारणले हत्या भएको हुन सक्ने आशंका गरिएको छ । चाँडै घटनामा संलग्न व्यक्ति सार्वजनिक गरिने निरीक्षक थापाले जानकारी दिए ।
गएको बुधबार र बिहीबार धरान ४ को आपगाँछी क्षेत्रको जंगलमा दुई वटा झोलामा हाट खुट्टा, टाउको र शरीरको टुक्राटुक्रा अवस्थामा शव भेटिएको थियो । शव पहिचान गर्न प्रहरीले स्केच तस्बिर बनाएर सार्वजनिक गरेको थियो ।
उक्त घटनामा संघीय प्रहरी इकाई र इलाका प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया