त्रिभुवन विमानस्थलबाट अवैध ९३६ ग्राम सुनसहित बंगलादेशी नागरिक पक्राउ
मेरोन्यूज
२०७८ फागुन १० गते १३:५९

काठमाडौं । भन्सार छलिगरी ल्याउँदै गरेको ९३६ ग्राम सुन सहित ४७ वर्षीय बंगलादेशी नागरिक मोहम्मद तोफिक उल्लाहलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उल्लाहलाई पक्राउ गरेको हो ।
हिमालयन एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा खटीएको प्रहरीले जाँच गर्ने क्रममा पक्राउ गरिएको थियो ।
उनले लगाएको जिन्स पाईन्टको कम्मरको भागमा फल्स बटम बनाई र भित्री वस्त्रमा समेत लुकाई ल्याएको सुन फेला पारेपछि प्रहरीले पक्राउ गरेको थियो ।
सोधपुछको क्रममा उनले उक्त सुन भारतीय नागरिक ४० वर्षीय पारस नाथ साहले ल्याउन लगाएको बताएका थिए ।
उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।
सम्बन्धित













रास्वपासँग कुलमानबीच एकताको सहमति अन्त्य
गरिबीको रेखाभन्दा तल २०.२७ प्रतिशत जनसङ्ख्या, सुदूरपश्चिम सबैभन्दा गरिब प्रदेश
यस्तो छ एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले गरेको सातबुँदे सम्बोधन (पूर्ण पाठ)
भेनेजुएलाद्वारा कूटनीतिक सम्बन्ध पुनः स्थापनाका लागि अमेरिकासँग वार्ता गर्ने घोषणा
एमाले केन्द्रीय कमिटी बैठक जारी (तस्बिरहरू)
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
निर्वाचन आउन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
प्रतिक्रिया