एनसेलले ल्यायो क्यास ब्याक अफर

काठमाडौं । एनसेलका ग्राहकले अब डेटा प्रयोग गर्दा आकर्षक क्यास ब्याकको फाइदा लिन सक्ने भएका छन् ।
एनसेल आजियाटा लिमिटेडले गज्जबको डेली जीबी प्याक अन्तर्गतका तीन विभिन्न प्याकहरुमा रु २० देखि रु ६० सम्मको क्यास ब्याक अफर सञ्चालनमा ल्याएको छ ।
क्यास ब्याक योजना फागुन ९ गतेदेखि लागू भएको छ । यस आकर्षक योजना अन्तर्गत एनसेलका ग्राहकले ७ दिन वा ३० दिनसम्म दैनिक १ जीबी र ७ दिनसम्म दैनिक २ जीबीकोे गजब्बको डेलि जीबी प्याकको खरिदमा आकर्षक क्यास ब्याकको फाइदा लिन सक्छन् ।
७ दिनका लागि मान्य रहने दैनिक १ जीबी गज्जबको डेटा प्याक ग्राहकले कर सहित मात्र रु १६९ मा सुचारु गर्न सक्छन् । यो प्याक सुचारु गर्ने ग्राहकले रु २० क्यास ब्याक अर्थात् बोनस ब्यालेन्स पाउँछन् ।
त्यसैगरि ग्राहकले करसहित मात्र रु २६९ मा ७ दिनको समयसीमा रहेको दैनिक २ जीबी डेटा प्याक खरिद गर्न सक्छन् । यो प्याक सुचारु गर्ने ग्राहकले रु ३० को क्यास ब्याकबाट फाइदा लिन सक्ने एनसेलले जनाएको छ ।
त्यस्तैगरी, धेरै लामो समयसिमा रहेको डेटा प्याक प्रयोग गर्न चाहने ग्राहकले ३० दिनको समयसिमा रहेको दैनिक १ जीबी डेटा प्याक कर सहित मात्र रु ५९९ मा सुचारु गर्न सक्छन् । यो प्याक सुचारु गर्ने ग्राहकले रु ६० बोनस क्यास ब्याक पाउँछन् ।
डेलि जीबी डेटा प्याक अन्तर्गत प्राप्त क्यास ब्याक ग्राहकले पे एज यू गो अन नेट भ्वाइस कल, एसएमएस र डेटा सेवा प्रयोग गर्न सक्ने एनसेलले जनाएको छ ।











उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया