सोमबार, चैत ९, २०८२

एमसीसीविरुद्ध ६ दलको पाँच दिने आन्दोलन घोषणा

संघीय सांसदहरुलाई एमसीसीविरुद्ध खडा हुन पत्राचार गर्ने

मेरोन्यूज २०७८ फागुन १० गते १९:५२

काठमाडौं । सरकारले विरोधका बाबजुद एमसीसी प्रस्ताव संसदमा पेश गरेको भन्दै ६ कम्युनिस्ट पार्टी पाँच दिने आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

६ दलको मंगलबार नेकपा (विप्लव)को केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले बुधबार फागुन ११ गतेदेखि फागुन १५ गतेसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

विहीबार प्रतिनिधिसभा बैठकमा एमसीसीबारेमा छलफल शुरु हुने भएकाले आन्दोलनरत ६ दलले संघीय सांसदहरुलाई एमसीसीविरुद्धमा खडा हुन पत्राचारसमेत गर्ने जनाएका छन् ।

आन्दोलनको कार्यक्रमअन्तर्गत भोलि दिउँसो सांस्कृतिक क्षेत्र लगायतको विरोध प्रदर्शन र बेलुका देशैभर मसाल जुलुस प्रदर्शन गर्ने भएका छन् ।

यस्तै, फागुन १२ गते काठमाडौंमा माइतीघर मण्डलाबाट प्रदर्शनसहित संसद भवन घेराउ, फागुन १३ गते देशब्यापी कोणसभा, फागुन १४ गते पुनः प्रदर्शनसहित संसद भवन घेराउ तथा देशब्यापी रुपमा जिल्ला प्रशासन कार्यालय घेराउ, फागुन १५ गते काठमाडौंमा विशाल विरोध प्रदर्शन तथा वृहत्त संयुक्त विरोधसभा र देशब्यापी विरोध प्रदर्शन तथा विरोधसभाहरु गर्ने रहेका छन् ।

पाँच दिने आन्दोलनको कार्यक्रमपछि फागुन १६ गते विशेष संघर्षको कार्यक्रम घोषणा गरिने ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले आज जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति हेर्नुहाेस्

प्रतिक्रिया