नेपाल बैंकको बोनस शेयर सूचीकरण
मेरोन्यूज
२०७८ फागुन १० गते २१:१७

काठमाडौं । नेपाल बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण भएको छ ।
गत पौष २ गते सम्पन्न भएको बैंकको ६२ औं वार्षिक साधारणसभाबाट पारित भएको आर्थिक वर्ष २०७७÷७८ मा कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले हुन आउने रकम सूचीकरण भएको हो ।
बैंकको रु.१,७६,९१,४६,२०७÷३६ रकम बराबरको १,७६,९१,४६२.०७ कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण भएको वैकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।
शेयर अभौतिकीकरण गरिसकेका शेयरधनीहरुको डिम्याट खातामा १४ प्रतिशतका दरले हुन आउने बोनस शेयर जम्मा हुने र भौतिक रुपमा कायम शेयरधनीले शेयर अभौतिकीकरण गराए पश्चात् मात्र बोनस शेयर खातामा जम्मा हुने भएकोले आफ्नो नाममा रहेको शेयर यथाशीघ्र अभौतिकीकरण गराउन बैंकले अनुरोध गरेको छ ।
सम्बन्धित











उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया