वैदेशिक रोजगारमा पठाइदिने भन्दै ३८ जनालाई ठगि गरेकी महिला प्रहरी नियन्त्रणमा

चितवन । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३८ जनालाई ठगेको आरोपमा चितवन प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
३८ जना व्यक्तिसँग ४५ लाख ७५ हजार रुपैयाँ ठगेको आरोपमा पूर्वी चितवनको खैरहनी नगरपालिका–७ सुर्तना बस्ने ३८ वर्षीय मिना चौधरी सोमबार पक्राउ परेकी हुन् ।
आरोपित व्यक्तिले विदेशमा आफूले चिनेजानेको तथा आफन्त भएको र कम रकममा भिसा मगाई विदेश पठाइने दिने भन्दै विभिन्न व्यक्तिसँग रकम ठगेको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए ।
‘वैदेशिक रोजगारमा राम्रो कमाई हुन्छ । मेरो चिनजानका तथा आफन्त मार्फत भिसा मगाइ कम रकममा नै विदेश पठाई दिन्छु भनी विश्वास दिलाई प्रलोभनमा पारी विभिन्न व्यक्तिलाई ठगेको भन्ने सूचनाका आधारमा पक्राउ गरेका हौं’, उनले भने ।
आरोपितविरुद्ध चितवन जिल्ला अदालतमा ठगी मुद्दामा म्याद अनुमति लिई थप अनुसन्धान गर्ने काम भइरहेको उनले बताए ।












घरको छतबाट खसेर वृद्धाकाे मृत्यु
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
प्रतिक्रिया