लण्डनको हिलिङ्डन अस्पतालले ‘नेपाल डे’ मनाउँदै

काठमाडौं । बेलायतको लण्डनमा रहेको हिलिङ्डन अस्पतालले यही फेब्रुअरी २५ का दिन नेपाल डे मनाउने भएको छ । हिलिङ्डन अस्पताल व्यवस्थापनमा विविधता र समावेशी प्रमुखका रुपमा कार्यरत ड्यानी कार्यस्निनोजले इमेलमार्फत यहाँ कार्यरत कर्मचारीलाई जानकारी गराएका छन् ।
यहाँ हाल ७८ देशका मानिस विभिन्न पदमा कार्यरत छन् । कार्यक्रमलाई सहयोग गर्न हिलिङ्डन अस्पतालमा कार्यरत नेपालीको ‘हिलिङ्डन हस्पिटल नेपाली ग्रुप’ लागिपरेको छ । उक्त समूहमा अस्पतालको जर्सी वार्डमा प्रबन्धक रहनुभएकी रस्मितासिंह दर्लामी, आकस्मिक कक्षमा कार्यरत मणि तामाङ, अञ्जना गुरुङलगायत नेपाली आवद्ध छन् ।
कार्यक्रम व्यवस्थापनको जिम्मा लिएको उक्त समूहका अनुसार सो दिन दिनको १२ बजे अस्पतालको चमेनागृहमा नेपालको राष्ट्रिय गीत बजाएर कार्यक्रम सुरू गरिने र नेपाली राष्ट्रिय गीतको अङ्ग्रेजी अनुवाद गरेको पर्चासमेत वितरण गरिने भएको छ । नेपाली वेषभूषा झल्किने विभिन्न जातिका पहिरनसहित नेपाली गीत पनि बजाइने समूहकी सदस्य अञ्जना गरूङले बताए ।
नेपालको भौगोलिक र ऐतिहासिकता झल्काउने विभिन्न पर्यटकीयस्थल समेटिएको श्रव्यदृश्य पनि देखाइने छ । यसका साथै अस्पतालको कार्यक्रमस्थलमा नेपाली कला, सङ्गीत तथा अन्य रमणीय स्थानका तस्वीर र नेपाली कला प्रदर्शनी गरिने रस्मितासिंह दर्लालीले जानकारी दिए । अस्पतालमा करिब १५० नेपाली कार्यरत छन् ।
















बाँकेमा रु तीन करोडभन्दा बढी जरिवाना असुल
२७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाखको कारोबार
C General Secretary urges govt to release Karki-led Commission’s report
न्यूयोर्कमा विमान दुर्घटना,उडानहरू प्रभावित
यामाहाद्वारा नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया