गीति संग्रह ‘जनता के गीत गावत रहेम’को लोकार्पण

काठमाडौं । लेखक डा गोपाल ठाकुरको भोजपुरी भाषामा लेखिएको ‘जनता के गीत गावत रहेम’ गीत संग्रहको लोकार्पण गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष प्रचण्डले उक्त गीति संग्रहको लोकार्पण गरेका हुन् ।
पुस्तकको लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले गीत संग्रहमा श्रमजीवी वर्ग र उनीहरुको विचारलाई केन्द्रीत गरेर लेखिएका गीतहरु समावेश गरिएको आफूले पाएको बताए । पार्टी र संगठनको जिम्मेवारी इमान्दारिपूर्वक पूरा गर्ने ठाकुरले रचना सिर्जनाको माध्यामबाट जनचेतना जगाउन महत्वपूर्ण भूमिका खेलिरहेको पनि अध्यक्ष प्रचण्डले बताए ।
ठाकुर वर्गीय र वैचारिक रुपले श्रमजीवी वर्गप्रति समर्पित लेखक भएको चर्चा गर्दै प्रचण्डले बहुआयामिक प्रतिभाको धनी भए पनि क्षमताअनुसार उहाँलाई सबैले आत्मसात् नगरेका हुन् भन्ने आफूलाई लागेको बताए । ‘उहाँ पिछडिएको भनिने समुदायबाट आउनुभएको छ, सोही वर्गको प्रतिनिधित्व गर्दै रचना सिर्जना गर्नुहुन्छ, प्रचण्डले भने , ‘सायद यहीँ कारणले पनि मानिसहरुले उहाँको बहुआयामिक क्षमताको जति आत्मसात् गर्नुपथ्र्यो त्यति आत्मसात गर्न नसकेको जस्तो मलाई लाग्छ।’
भोजपुरी भाषामा रहेको पुस्तक ‘जनता के गीत गावत रहेम’को अर्थ म जनताको गीत गाइरहनेछु भन्ने रहेको लेखक डा गोपाल ठाकुरले बताए । पुस्तकमा २०३९ सालदेखि अहिलेसम्म लेखिएका ६१ वटा गीतहरु समावेश गरिएको छ। अधिकांश गीतहरु लोक लयमा आधारित रहेको र केही गीतहरु आफूले संगीत राखेर रेकर्ड गर्ने तयारी भइरहेको ठाकुरले बताए ।
वैचारिक रुपले प्रगतिवादी धारामा केन्द्रीत रहेर गीतहरु लेखिएको भन्दै ठाकुरले पछिल्लो समयमा भोजपुरी भाषामा देखिएका विकृति र अतिलाई कम गर्न आफूले प्रगतिवादी धारामा आधारित गीत संगीत सिर्जनामा विशेष जोड दिइरहेको बताए ।
‘भोजपुरीलाई केहीले अति व्यावसायिकताको नाममा अश्लीलता फैलाउने काम गरिरहेका छन् भने अर्को अतिवाद रुपमा अध्यात्मको नाममा अर्कै माहोल खडा गरिएको छ, ठाकुरले भने, ‘यी दुवैबाट अतिबाट भोजपुरी कला संस्कृतिलाई बचाउँदै व्यवहारिक र सांसारिक जीवन व्यवहारमा आधारित गीत संगीतहरु सिर्जना गरिनुपर्दछ भनेर मैले अभियान नै सञ्चालन गरिरहेको छु।’ यहीँ अभियानमा आधारित गीतहरु नै आफ्नो गीत संग्रह भोजपुरी जनगीत मालामा राखिएको ठाकुरको भनाई छ।
















मधेस प्रदेशको आम्दानी न्यून, योजना कार्यान्वयनमा समस्या
प्रतिनिधिसभाबाट तीन अध्यादेश संशोधन स्वीकृत
जनजाति आयोगको प्रतिवेदन राष्ट्रियसभासमक्ष पेस, शोक प्रस्ताव पारित
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
प्रतिक्रिया