आइतबार, पुष १३, २०८२

ब्रिटिस एजुकेशन ग्रुपको ‘द उलविच इन्स्टिच्यूट’ दुबईमा

मेरोन्यूज २०७८ फागुन ११ गते १७:२६

दुबई । द ब्रिटिस एजुकेशन ग्रुपले दुबईमा पनि ‘द उलविच इन्स्टिच्यूट’को सञ्चालमा ल्याएको छ ।

सन् २००३ देखि सञ्चालनमा रहेको द ब्रिटिस एजुकेशन ग्रुपले शनिवार दुवईमा एक कार्यक्रमकाबीच ‘द उलविच इन्स्टिच्यूट’ को उदघाटन गरेको हो ।

काठमाडौँको द ब्रिटिस कलेजसहित लण्डन र नेपालमा द ब्रिटिस एजुकेशन ग्रुपले शैक्षिक संस्थाहरु सञ्चालन गर्दै आइरहेको छ ।

दुबईको नलेज भिलेजका रुपमा परिचित स्थानमा यो कलेज रहेको छ । यस शैक्षिक क्षेत्रमा गरिएको लगानीले नेपाली विद्यार्थीहरु लाभान्वित हुनेछन् ।

सुनौलो भविष्य निर्माणका लागि सर्वसुलभ मुल्यमा गुणस्तीय शिक्षा अपरिहार्य रहेको भन्दै कडा मेहेनत गर्दै आइरहेको सीईओ राजन कडेँलले बताए ।

कार्यक्रममा प्रिन्सिपल माइक ग्रिफफित्स, विशाल भट्टराई, मिनिस्टर काउन्सलर अफ दि एमबेसी अफ नेपाल), द ब्रिटिस एजुकेशन ग्रुपका निर्देशक महेन्द्रराज कडेँल लगायतको उपस्थिति रहेको थियो ।

द ब्रिटिस एजुकेशन ग्रुपले आफ्ना विद्यार्थीहरुलाई नेपाल, दुवई र लण्डनमा क्रेडिट ट्रान्सफर गर्दै अन्तर्राष्ट्रिय अनुभव दिनका निम्ति यी सहरहरुमा सेमिष्टर अनुसार आफुलाई ट्रान्सफर गर्दै पढ्न पाउने अवसर प्रदान गर्न नयाँ पहल भएको जनाएको छ ।

प्रतिक्रिया