कुमारी बैंकका सिइओ तिमिल्सिनालाई सिआइबीले मिलेमतोमा उन्मुक्ति दिएको खुलासा
सिआइबीको निर्णय राष्ट्र बैंकले उल्टाइदिँदा बैंकलाई घाटा

काठमाडौँ । कमसल धितो र नक्कली कागजात राखेर २० करोड ऋण दिने कुमारी बैँकका सिइओ अनुजमणि तिमिल्सिनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सफाइ दिएको खुलेको छ । निकटस्थ स्रोतका अनुसार सिआइबीले पहिला कारबाही सुरु गरेर पछि सेटिङमा सिइओ तिमिल्सिनालाई उन्मुक्ति दिएको हो ।
सिआइबीका प्रमुख प्रहरी नायब महानिरीक्षक धिरजप्रताप सिंह र प्रहरी उपरीक्षक कमल थापाको मिलेमतोमा सिइओ तिमिल्सिनालाई उन्मुक्ति दिइएको स्रोतको दावी छ ।
सिआइबीले उन्मुक्ति दिएका तिमिल्सिनालाई राष्ट्र बैंकले कमशल धितो र नक्कली कागजात काण्डमा पुनः कारबाही गर्न निर्देशन दिएपछि मिलेमतोमा उन्मुक्ति दिइएको तथ्य खुलेको हो ।
‘पहिला सिआइबीले गल्ती गरेको देखिएन भनेपछि हामीले किन अनुसन्धान गर्ने भनेर नगर्ने तयारी गरेका थियौँ,’ राष्ट्र बैंक स्रोतले भने, ‘तर एक पटक अनुसन्धान गरौं भनेर गरेको कमजोरी गरेको यथेष्ट प्रमाण भेटियो । सिआइबीबाट बदमासी भएको देखियो ।’
सिआइबीले कमशल धितो र नक्कली कागजात नभएको भन्दै सफाइ दिएपछि राष्ट्र बैंकले अनुसन्धान गरेको थियो । त्यो अनुसन्धानमा शर्मा दोषी देखिए । त्यसपछि राष्ट्र बैंकले कुमारी बैंक सञ्चालक समितिलाई तिमिल्सिनालाई सिइओबाट हटाउन निर्देशन दियो ।
राष्ट्र बैंक स्रोतका अनुसार निर्देशन अनुरुप कुमारी बैंकको सञ्चालक समितिले तिमिल्सिनालाई सिइओबाट राजीनामा दिन भन्यो । तर, उनले राजीनामा नदिएपछि उनलाई पाँच वर्षको पारिश्रमिक ‘गोल्डेन ह्यान्सचेक’ दिएर सिइओबाट हटाइयो । बैंकलाई एक त पाँच वर्षको पारिश्रमिक घाटा त लाग्यो नै, त्यतिमात्र होइन कमशल धितो र नक्कली कागजातका आधारमा दिइएको ऋण पनि उठेन ।











सञ्चारमन्त्री खरेल पोखरामा
तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित
एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारबारे छलफल हुने
मेची भन्सारमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ लागू
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
प्रतिक्रिया