शुक्रबार, फागुन २२, २०८२

कुमारी बैंकका सिइओ तिमिल्सिनालाई सिआइबीले मिलेमतोमा उन्मुक्ति दिएको खुलासा

सिआइबीको निर्णय राष्ट्र बैंकले उल्टाइदिँदा बैंकलाई घाटा

मेरोन्यूज २०७८ फागुन ११ गते १८:२७

काठमाडौँ । कमसल धितो र नक्कली कागजात राखेर २० करोड ऋण दिने कुमारी बैँकका सिइओ अनुजमणि तिमिल्सिनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सफाइ दिएको खुलेको छ । निकटस्थ स्रोतका अनुसार सिआइबीले पहिला कारबाही सुरु गरेर पछि सेटिङमा सिइओ तिमिल्सिनालाई उन्मुक्ति दिएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

सिआइबीका प्रमुख प्रहरी नायब महानिरीक्षक धिरजप्रताप सिंह र प्रहरी उपरीक्षक कमल थापाको मिलेमतोमा सिइओ तिमिल्सिनालाई उन्मुक्ति दिइएको स्रोतको दावी छ ।

सिआइबीले उन्मुक्ति दिएका तिमिल्सिनालाई राष्ट्र बैंकले कमशल धितो र नक्कली कागजात काण्डमा पुनः कारबाही गर्न निर्देशन दिएपछि मिलेमतोमा उन्मुक्ति दिइएको तथ्य खुलेको हो ।

‘पहिला सिआइबीले गल्ती गरेको देखिएन भनेपछि हामीले किन अनुसन्धान गर्ने भनेर नगर्ने तयारी गरेका थियौँ,’ राष्ट्र बैंक स्रोतले भने, ‘तर एक पटक अनुसन्धान गरौं भनेर गरेको कमजोरी गरेको यथेष्ट प्रमाण भेटियो । सिआइबीबाट बदमासी भएको देखियो ।’

सिआइबीले कमशल धितो र नक्कली कागजात नभएको भन्दै सफाइ दिएपछि राष्ट्र बैंकले अनुसन्धान गरेको थियो । त्यो अनुसन्धानमा शर्मा दोषी देखिए । त्यसपछि राष्ट्र बैंकले कुमारी बैंक सञ्चालक समितिलाई तिमिल्सिनालाई सिइओबाट हटाउन निर्देशन दियो ।

राष्ट्र बैंक स्रोतका अनुसार निर्देशन अनुरुप कुमारी बैंकको सञ्चालक समितिले तिमिल्सिनालाई सिइओबाट राजीनामा दिन भन्यो । तर, उनले राजीनामा नदिएपछि उनलाई पाँच वर्षको पारिश्रमिक ‘गोल्डेन ह्यान्सचेक’ दिएर सिइओबाट हटाइयो । बैंकलाई एक त पाँच वर्षको पारिश्रमिक घाटा त लाग्यो नै, त्यतिमात्र होइन कमशल धितो र नक्कली कागजातका आधारमा दिइएको ऋण पनि उठेन ।

प्रतिक्रिया