आइतबार, माघ ४, २०८२

पूर्वी युक्रेनमा गोलाबारीसँगै त्रास (फोटोफिचर)

मेरोन्यूज २०७८ फागुन १२ गते १४:०६

काठमाडौँ । युक्रेनी सशस्त्र बलले एक विज्ञप्ति जारी गर्दै रुसी सेनाले देशको पूर्वी भागमा आफ्ना एकाइहरूमा तीव्र गोलाबारी सुरु गरेको जनाएको छ । रुसले राजधानी किभ नजिकैको बोरिस्पिल र अन्य क्षेत्रका विमान स्थलमा मिसाइल आक्रमण गरेको युक्रेनी सशस्त्र बलले जनाएको छ ।

युक्रेनी वायुसेनाले रुसले गरेको हवाई आक्रमणविरुद्ध लडिरहेको जनाएको छ । दक्षिणी बन्दरगाह सहर ओडेसामा रुसी प्याराट्रुप्स परिचालन भएका रिपोर्टलाई भने युक्रेनी सशस्त्र बलले अस्वीकार गरेको छ ।

प्याराट्रुप्सलाई युद्धको समयमा विमानबाट प्यारासुटमार्फत हाम फाल्न लगाएर आक्रमणमा परिचालन गरिन्छ । यससँगै जनसमूदायमा हताहत भएका छन् ।

प्रतिक्रिया