नेप्से परिसूचक ५८.९९ अंकले गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ ।
बुधबार १५ अंकले गिरावट आएको नेप्से बिहीबार ५८.९९ अंक घटेर २ हजार ६६१.४४ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स २.१७ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१४ प्रतिशत घटेको छ ।
बिहीवार कारोबारमा आएका २२९ कम्पनीको ८४ लाख ९० हजार कित्ता शेयर ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । कारोबारमा आएका २२९ कम्पनी मध्ये १२ कम्पनीको मात्रै मूल्य बढेको छ भने २११ कम्पनीको मूल्य घटेको नेप्सेले जनाएको छ । बाँकी ६ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
नप्सेको १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी ३.०१ प्रतिशत घटेको छ । त्यस्तै विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ । बाँकी व्यापार, उत्पादन तथा प्रशोधन र बैंकिङ्ग उपसमूहको परिसूचक १ प्रतिशतले घटेको छ ।
नेप्से परिसूचकमा गिरावट आए पनि हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।त्यस्तै युनिभर्सल पावर कम्पनीका मूल्य भने सबै भन्दा बढी ५.७० प्रतिशतले गिरावट आएको छ । नयाँ सारथी लघुवित्त र सिद्धार्थ इन्स्योरेन्सको शेयरमूल्य गिरावट आएको छ ।
कारोबार रकमका आधारमा २६ करोड ९७ लाख १६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । नेपाल टेलिकमको २५ करोडभन्दा बढीको कारोबार भएको छ ।
















६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
साउदी अरेबियामा रहेको सीआईए स्टेशन इरानी ड्रोन आक्रमणमा
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
प्रतिक्रिया