आइतबार, पुष १३, २०८२

आज कुन देशको विनिमय दर कति ?

मेरोन्यूज २०७८ फागुन १३ गते ८:००

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी विनिमय दर कायम गरेको छ । बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ७५ पैसा र बिक्रीदर १२१ रुपैयाँ ३५ पैसा कायम भएको छ ।

यस्तै, युरोपियन युरो आज एकको खरिददर १३५ रुपैयाँ १६ पैसा र बिक्रीदर १३५ रुपैयाँ ८३ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ०७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८८ पैसा कायम छ ।

कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३३ रुपैयाँ २४ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ५३ पैसा र बिक्रीदर १० रुपैयाँ ५८ पैसा रहेको छ ।

प्रतिक्रिया