अग्नि ग्रुपद्वारा मलंगवामा ट्रियो विद्युतीय अटो सार्वजनिक

काठमाडौँ । महिन्द्रा समूहको महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले तीन पांग्रे विद्युतीय अटो मलंगवा–३ मा सार्वजनिक गरेको छ । समारोहमा मलंगवाका मेयर निप्सल शाह, उपमेयर सबनम भिकरानी, सिडियो स्थनेशवर गौतम, सशस्त्र प्रहरीका एसपी भरत वाँनियालगायतको उपस्थिति रहेको थियो ।
महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतको बेङ्लोरस्थित फ्याक्ट्रीमा निर्माण भइरहेको छ । दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ सुरु भएको छ ।
महिन्द्रा ट्रियो भारतको सबैभन्दा ठूलो लिथियम आयोन विद्युतीय अटो प्लेटफर्म हो । पहिलोपटक यो सन् २०१८ मा सार्वजनिक भएको हो ।
जनकपुरका अटो मोबाइलका प्रबन्ध निर्देशक आलोक शाहका अनुसार महिन्द्रा ट्रियो किन्ने ग्राहकले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्ने छन् । उल्लेखनीय विशेषताको आकर्षक सेट, शून्य प्रदुषणका साथै किफायतका लागि नयाँ मानक निर्धारण गर्ने छ ।















एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने
आगलागीले निस्सासिएकी वृद्धाको उद्धार
कहाँकहाँ स्थापना भए काठमाडौँका निर्वाचन कार्यालय ?
पूर्वप्रधानमन्त्री देउवा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
प्रतिक्रिया