अग्नि ग्रुपद्वारा मलंगवामा ट्रियो विद्युतीय अटो सार्वजनिक

काठमाडौँ । महिन्द्रा समूहको महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले तीन पांग्रे विद्युतीय अटो मलंगवा–३ मा सार्वजनिक गरेको छ । समारोहमा मलंगवाका मेयर निप्सल शाह, उपमेयर सबनम भिकरानी, सिडियो स्थनेशवर गौतम, सशस्त्र प्रहरीका एसपी भरत वाँनियालगायतको उपस्थिति रहेको थियो ।
महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतको बेङ्लोरस्थित फ्याक्ट्रीमा निर्माण भइरहेको छ । दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ सुरु भएको छ ।
महिन्द्रा ट्रियो भारतको सबैभन्दा ठूलो लिथियम आयोन विद्युतीय अटो प्लेटफर्म हो । पहिलोपटक यो सन् २०१८ मा सार्वजनिक भएको हो ।
जनकपुरका अटो मोबाइलका प्रबन्ध निर्देशक आलोक शाहका अनुसार महिन्द्रा ट्रियो किन्ने ग्राहकले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्ने छन् । उल्लेखनीय विशेषताको आकर्षक सेट, शून्य प्रदुषणका साथै किफायतका लागि नयाँ मानक निर्धारण गर्ने छ ।











६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
आजकाे विदेशी मुद्राको विनिमयदर : युराे घट्याे
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
प्रतिक्रिया