मंगलबार, पुष २९, २०८२

कति खटिएका छन् नयाँ बानेश्वरमा सुरक्षाकर्मी ?

मेरोन्यूज २०७८ फागुन १३ गते ११:५६

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्ने भएसँगै नयाँबानेश्वरमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)माथि संसदमा छलफल हुने भएसँगै प्रदर्शन रोक्न सुरक्षा व्यवस्ठा कडा बनाइएको हो ।

आज नयाँबानेश्वर क्षेत्रमा एक हजार ५६३ जना सशस्त्र प्रहरी र दुई हजार ४ सय नेपाल प्रहरी खटिएका छन् । जसमा सशस्त्र प्रहरी एसपी नरेन्द्र सेनको नेतृत्वमा हुने छन् भने प्रहरीको नेतृत्व एसपी दिनेश मैनालीले गर्ने भएका छन् ।

यसभन्दा अगाडि संसदमा एमसीसी पेश हुँदा ठूलो आन्दोलन भएको थियो । प्रहरीका अनुसार पछिल्लो समय आन्दोलनकारीको संख्या बढ्दै गएको छ ।

प्रतिक्रिया