कोभिड खोप किन्न दुई अर्ब १४ करोड ऋण सम्झौता

काठमाडौँ । नेपाल सरकारले विश्व बैंकसँग दुई अर्ब १४ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ । आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी र बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
उक्त ऋण कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप खरिदका लागि उपयोग गरिने अर्थ मन्त्रालयले जनाएको छ । ‘कोभिड–१९ महामारीले सिर्जना गरेको निरन्तर बदलिँदो परिस्थितिमा समेत नेपालले प्रभावकारी रूपमा प्रतिकार्य जारी राखेको छ,’ हस्ताक्षर समारोहमा अर्थसचिव मरासिनीले भने ।
उनले नेपालले १२ वर्षभन्दा माथिका व्यक्तिलाई कोभिड–१९ विरुद्धको सुरुवाती साथै ‘बुस्टर’ मात्रासमेत प्रदान गर्ने कार्यमा उल्लेखनीय उपलब्धि हासिल गरेको जानकारी दिए । राष्ट्रिय निर्देशक जर्भोसले विश्व बैंकबाट प्राप्त हुने ऋण सहायताबाट नेपालको ठूलो जनसंख्यालाई खोप व्यवस्था गर्न पुग्ने विश्वास व्यक्त गरे ।
उनले कोरोना भाइरसको विभिन्न स्वरुपले अर्थतन्त्र तथा सामान्य जीवनयापनमा समस्या सिर्जना गरिरहेका बेला यस्ता वित्तीय सहायता महत्वपूर्ण हुने बताए ।















एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने
आगलागीले निस्सासिएकी वृद्धाको उद्धार
कहाँकहाँ स्थापना भए काठमाडौँका निर्वाचन कार्यालय ?
पूर्वप्रधानमन्त्री देउवा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
प्रतिक्रिया