आइएमई पे स्क्यान गरि सामान खरिद गर्दा दश प्रतिशत छुट

काठमाडौँ । आइएमई पे ले आफ्नो प्रयोगकर्ताहरुको निम्ति विभिन्न डिपार्टमेन्टल स्टोरहरुमा किराना सामान खरिद गर्दा १० प्रतिशत छुट पाउने अफर सार्वजनिक गरेको छ ।
आम उपभोक्ता डिजिटल पद्धतिमा अभ्यस्त बन्दै गरेको अवस्थामा नेपालमासमेत सबैजसो पसल अथवा व्यापारले अनलाइन भुक्तानी सेवा प्रयोग गर्दै आएको सन्दर्भलाई ख्याल गर्दै यो अफर सार्वजनिक गरिएको हो ।
स्टोरहरुमा विभिन्न क्यूआर प्रणाली भएको कारण उपभोक्ताहरूलाई सहज भुक्तानीका लागि आइएमई पेले ‘स्क्यान एनी क्यूआर’ अभियान मार्फत नेपाली बजारमा रहेको सम्पूर्ण क्यूआर स्कान गरी कुनै पनि भुक्तान सफल गर्न मिल्ने सुबिधा ल्याएको छ ।
प्रयोगकर्ताहरुले सो अफर केवल एकपल्ट मात्र प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ । छुट पाउने डिपार्टमेन्टल स्टोरहरुमा भाटभाटेनी सुपरमार्केट, बिगमार्ट सुपरमार्केट, केके सुपरमार्ट, सेल्स्बेरी डिपार्टमेन्ट, डेली ग्रोसेरी र माइ–मार्ट रहेका छन् ।
सीमित अवधिको लागि लागू गरिएको यो अफर अन्तर्गत क्यूआर स्कान गरी अथवा डाइरेक्ट भुक्तान गर्दा १ वालेट आइडीले १ डिपार्टमेन्टल स्टोर र १ समयको लागि मात्र १०प्रतिशत छुट पाउने ब्यवस्था गरिएको छ ।











गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, २ जना भारतीय नागरिक पक्राउ
सञ्चारमन्त्री खरेल पोखरामा
तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित
एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारबारे छलफल हुने
मेची भन्सारमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ लागू
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
प्रतिक्रिया