संकटा र जावलाखेलले अंक बाँडे

काठमाडौं,
जावलाखेल युथ क्लब र संकटा क्लबले १/१ गोलको बराबरी खेल्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ अन्त्य गरेको छ ।
बराबरीसँगै लिगमा १६ अंक जोडेको संकटा तालिकाको सातौं स्थानमा यथावत् छ । संकटाले लिगमा १३ खेलमध्ये तीन जित, सात बराबर र तीन खेलमा हारको नतिजा आत्मसात गर्यो । यस्तै, तीनमा जित, चारमा बराबर र पाँच खेलमा पराजय बेहोरेको जावलाखेलले १४ अंकसहित लिगको अन्त्य गर्यो। जावलाखेल तालिकाको नवौं स्थानमा छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको १५औं मिनेटमा सुनिल खड्काले गरेको गोलबाट जावलाखेलले अग्रता लिएको थियो । १५औं मिनेटमा ओन्गुना जुनियरको क्रसमा सुनिलले वान टच फिनिस गरे ।
उत्तम राईले ६१औं मिनेटमा गोल गरेपछि संकटा खेलमा फर्किएको थियो । सुवास गुरुङको कर्नरमा उत्तमले हेडमार्फत बललाई जाली चुमाएका थिए ।
लिगमा ११औं चरण चलिरहँदा साविक विजेता मछिन्द्र फुटबल क्लबले उपाधि रक्षा गरेको थियो । त्यस्तै, च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब ९बीबीसी० दोस्रो डिभिजनमा घटुवा भइसकेको छ ।













नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिप : जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न
खातामा प्यान नम्बर र इमेल अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंककाे आग्रह
नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा चौधरी
रातभरिमा सहमतिको बिन्दुमा पुग्छौँ : श्याम घिमिरे
त्रिशूली किनारमा बालुवाले पुरिएको अवस्थामा भेटियो गणपति डिलक्स
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया