संकटा र जावलाखेलले अंक बाँडे

काठमाडौं,
जावलाखेल युथ क्लब र संकटा क्लबले १/१ गोलको बराबरी खेल्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ अन्त्य गरेको छ ।
बराबरीसँगै लिगमा १६ अंक जोडेको संकटा तालिकाको सातौं स्थानमा यथावत् छ । संकटाले लिगमा १३ खेलमध्ये तीन जित, सात बराबर र तीन खेलमा हारको नतिजा आत्मसात गर्यो । यस्तै, तीनमा जित, चारमा बराबर र पाँच खेलमा पराजय बेहोरेको जावलाखेलले १४ अंकसहित लिगको अन्त्य गर्यो। जावलाखेल तालिकाको नवौं स्थानमा छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको १५औं मिनेटमा सुनिल खड्काले गरेको गोलबाट जावलाखेलले अग्रता लिएको थियो । १५औं मिनेटमा ओन्गुना जुनियरको क्रसमा सुनिलले वान टच फिनिस गरे ।
उत्तम राईले ६१औं मिनेटमा गोल गरेपछि संकटा खेलमा फर्किएको थियो । सुवास गुरुङको कर्नरमा उत्तमले हेडमार्फत बललाई जाली चुमाएका थिए ।
लिगमा ११औं चरण चलिरहँदा साविक विजेता मछिन्द्र फुटबल क्लबले उपाधि रक्षा गरेको थियो । त्यस्तै, च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब ९बीबीसी० दोस्रो डिभिजनमा घटुवा भइसकेको छ ।
















वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
राष्ट्र बैंकले आजका लागी निर्धारण गरेको मुद्राको विनिमयदर
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया