कांग्रेस-एमालेलाई ‘भरसक’ मिल्न नदिने रणनीतिमा माओवादी
सत्ता गठबन्धन जोगाउने र एमसीसीमा पार्टी अडान पनि नछोडिने गरी निर्णय गर्ने जिम्मा प्रचण्डलाई

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कांग्रेस र एमालेका वीचमा हुन खोजेको समिकरण निर्माण हुन नदिन ‘भरसक’ कोसिस गर्ने भएको छ । अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौतामा विमति बढ्दा सत्ता गठबन्धन विघटनको संघारमा पुग्ने देखेपछि माओवादी केन्द्रले अनेक विकल्पमा छलफल गरेर भएपनि गठबन्धन जोगाउन अन्तिम कसरथ गर्ने निश्कर्ष निकालेको हो ।
प्रतिपक्षी एमालेले कांग्रेससँग राखेको मुख्यतः दुईटा शर्तले माओवादी केन्द्र झस्किएको छ । जसकाकारण पनि विहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठकले गठबन्धन जोगाउन अन्तिम कसरथ गर्ने निश्कर्ष निकालेको हो ।
माओवादी केन्द्रका एक प्रभावशाली नेताका अनुसार, कांग्रेस–एमालेका वीचमा हुन खोजेको नयाँ समिकरणले माओवादीलाई झस्काउनुका पछाडी मुख्यतः दुईटा कारण छन् । पहिलो, सभामुख अग्नि सापकोटामाथी लिइन सक्ने एक्सन । दोस्रो, जे गर्ने हो कांग्रेस र एमाले मिलेर गरौं, अब माओवादीलाई सिनबाट कटाऔं भन्ने कांग्रेससँग एमाले अध्यक्ष ओलीले राखेको प्रस्ताव ।
यी दुई प्रस्तावले माओवादी गम्भिर बनेको ती माओवादी नेताले बताए । एमाले– कांग्रेस समझदारी र विकसित हुनसक्ने सम्भावित राजनीतिक परिदृश्यको मिहिन विश्लेषण शुक्रवार झण्डै ४ घण्टासम्म बसेको माओवादी केन्द्रीय कार्यालयका विस्तारित बैठकमा भएको माओवादी केन्द्रका ती नेताले मेरोन्यूजसँग बताए ।
‘विकसित हुन खोजेको राजनीतिक घटनाक्रमका बारेमा अध्यक्षले विफ्रिङ्ग गर्नुभयो, हामीले त्यसमा अनेक जोडकोणवाट मिहिन पारामा विश्लेषण गरयौ,’ माओवादी केन्द्रका एक शीर्ष नेताले भने,–‘त्यसपछि सत्ता गठबन्धन जोगाउने, एमाले –कांग्रेसको हुन खोजेको नयाा समिकरण जसरी पनि रोक्ने गरी छलफल भयो । त्यही निश्कर्षका साथ हामी फेरि एकपटक प्रधानमन्त्रीसँग छलफल गर्ने निश्कर्षमा पुगेका छौं ।’
उनका अनुसार, सत्तागठबन्धन तोडेरै भएपनि, एमालेको माग सम्वोधन गरेरै भएपनि एमसीसी सम्झौता सदनबाट पारित गर्ने अड्डीमा बसेका प्रधानमन्त्रीको चित्त कसरी वुझाउन सकिन्छ भनेर अनेक विकल्पमा अन्तिम प्रयास गर्ने र त्यसका लागि अध्यक्ष प्रचण्डलाई जिम्मा दिने निर्णय माओवादी केन्द्रले गरेको थियो ।
त्ययही निश्कर्षका साथ प्रचण्डले अर्थमन्त्री समेत रहेका नेता जर्नादन शर्मालाई साथ लिएर दिउँसो बालुवाटार पुगेर प्रधानमन्त्रीसँग सम्वाद गरेका हुन् ।
माओवादीले प्रधानमन्त्रीसँग छलफल अगाडी बढाएपनि एमसीसी बारे पार्टी धारणामा भने कुनै फेरवदल नगर्ने नीति पनि लिएको छ । ‘अध्यक्ष कमरेडले बोलाउनु भएको बैठकले एमसीसीबारे पार्टीको पूर्ववत सैद्दान्तिक धारणामा रहि गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी गरेको छ,’ बैठकको सार सुनाउँदै अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले मेरोन्यूजलाई भने ।
उर्जामन्त्री समेत रहेकी माओवादी केन्द्रकी अर्का नेतृ पम्फा भुसालले एमसीसीमा पार्टीले लिएको अडान कायम राख्दै कसरी गठबन्धन जोगाउन सकिन्छ भन्नेबारे पार्टी अधयक्षले थप छलफल गर्ने निश्कर्ष विहानको बैठकको भएको बताइन् । उनले मेरोन्यूजसँग भनिन्, –‘एमसीसीमा हाम्रो अडान ठिक छ । हामीले उमसीसी परिमार्जन सहित पारित गरेर जान सकिन्छ भनिरहेका छौं, परिमार्जनमा अन्तराष्टिय सन्धि सम्झौतामा के के छन्, त्यसको पनि छलफल गर्ने गरी प्रधानमन्त्रीसँग कुरा गर्नुस्, अनि गठबन्धन पनि सकेसम्म बचाओं भनेका छौं । त्यही आधारमा अध्यक्षले छलफल चलाउनुहुन्छ ।’
गठबन्धनको औचित्यता नामेट पारेर जसरी पनि एमसीसी अनुमोदनको तहमै ओर्लिसकेका प्रधानमन्त्रीसँग माओवादीले एमसीसीमा आफ्नो अडान कायम राखेरै कसरी गठबन्धन जोगाउन मनाउन सक्छ भन्ने प्रश्न पनि उठेका छन् । कतिपयले माओवादीले सदनमा एमसीसी सम्झौता निर्णयार्थ प्रस्तुत गर्ने दिन सदनमा विरोध गदै बहिष्कार गर्ने र प्रधानमन्त्री तथा कांग्रेसलाई पारित गराउन सहज बनिदिने विकल्पमा जान सक्ने अथ्र्याएका छन् । तर त्यस्तो नहुने माओवादी केन्द्रका अर्का नेता हरिवोल गजुरेल ले बताए ।
‘त्यस्तो विकल्प त झन् हुदै हुादैन । वहिष्कार गर्ने भन्ने हुदैन । विपक्षमै मतदान गर्ने भन्ने हुन्छ । वहिष्कार गर्ने भनेको कुरा माओवादीका लागि झन् त्यो घातक हुन्छ । त्यसकारण त्यो वाटोमा माओवादी जादै जादैन,’ गजुरेलले मेरोन्यूजसँग भने ।
मओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पनि एमसीसी संशोधन नगरी यथास्थितिमा स्वीकार नगर्ने र संसदबाट पारित नगर्ने भन्ने नै पार्टी नीति भएको बताए । उनले मेरोन्यूजसँग भने,–‘हाम्रो पार्टीले आठौं महाधिवेशनबाट र त्यसपछिका सबै छलफलहरूबाट एमसीसी सम्झौताका बारेमा निकालेको निष्कर्ष र लिएको निर्णय स्पष्ट छ- एमसीसी सम्झौता यसका राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूलका प्रावधानहरूलाई संशोधन नगरी यथास्थितिमा स्वीकार नगर्ने र संसदबाट पारित नगर्ने, सदनबाट वहिष्कार गरेर एमसीसी पारित गर्न खोजे विरोधमा उत्रन्छु ।’
मओवादी नेताहरुले जे वताएपनि विहानको माओवादी बैठकको निश्कर्ष भनेको प्रधानमन्त्रीसँग छलफल गर्ने, सत्ता गठबन्धन टिकाउने, कसरी हुन्छ एमाले काग्रेसका वीचमा हुन खोजेको नयाँ समिकरण रोक्ने र पार्टीको एमसीसी बारेको अडान पनि कायमै राख्ने भन्ने नै हो ।
प्रचण्डले एमाले अध्यक्ष ओलीसँग विहिवार संसद भवनमा गरेको छलफल पछि आफुहरुले एमसीसीमा प्रधानमन्त्रीलार्य साथ नदिएपनि एमालेले अन्तत दिन्छन भन्ने वुझेका छन् । ओलीले प्रचण्डसँगको छलफलमा माधव नेपालसहित १४ सांसदलाई हटाउन सूचना टाास गर्नुपर्ने, त्यसरी टास नगर्ने हो भने सभामुख हटाउनुपर्ने र आफुमाथी नेकपाकालमा लगाईएको १९ पृष्ठे आरोपपत्र खारेज गरेर सार्वजनिक माफी माग्नुपर्ने शर्त राखेका थिए ।
तर उनले एमसीसीका सन्र्दभमा काहाँ आफुले राष्टघाती छ भनेको छु र ? भन्दै कांग्रेससँग मिलेरै पारित गर्न नै सघाउने सन्देश दिएका थिए । त्यक्तिमात्रै होइन, ओलीले देउवासाग ‘माओवादीलाई कहिले तपाईंहरूले बोक्ने, कहिले हामीले बोक्ने नगरौं, जे गर्ने हो तपाईं-हामी दुई पक्ष बसेर गरौं । अब माओवादीलाई सिनबाट कटाऔं भन्ने प्रस्ताव गरेका थिए ।
त्यसपछि भने प्रचण्डले विहिवार साँझ अवेरसम्म पार्टी नेतासँग छलफल गदै राजनीति जटिलता तिर जान थालेको भन्दै धनगढी पुगेका माधव नेपालसँग टेलिफोन वार्ता गरेका थिए । माधव नेपाललाई धनगढीवाट फर्कन आग्रह गदै प्रचण्डले सत्तागठबन्धन जोगाउने उपायको खोजी गर्नुपर्ने बताएका थिए ।
अनि मात्रै उनले पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठक विहान आफ्नै निवास खुमलटारमा राखेका थिए ।
त्यहाँ उनले गठबन्धन पनि जोगिने, एमसीसीमा पार्टी अडान पनि रहने गरी विकल्प के हुनसक्ला ? भन्दै नेताहरुसँग छलफल गरेका थिए ।
पार्टी नेताहरुसँगको छलफल पछि उनले धनगढीवाट काठमाडौं फर्केर एयरपोर्टबाट सिधै बालुवाटार पुगेर प्रधानमन्त्रीसँग संवाद गरेका माधव नेपालसँग सिंहदरवार पुगेर भेट गरेर बालुवाटार पुगेका हुन् । बालुवाटार छलफल सकारात्मक रहेको नेताहरुले प्रतिक्रिया दिएका छन् । तर भित्री छलफलका दृश्यवारे दुवै पक्षले केही बताएका छैनन । अर्थमन्त्री शर्मासम्मलाई बोकेर प्रचण्ड बालुवाटार पुगेर प्रधानमन्त्री सहित कांग्रेसका नेतासँग झण्डै ढेड घण्टा गरेको छलफललाई निक्कै अर्थपूर्ण मानिएको छ ।
अव गठबन्धन पनि जोगिने, एमसीसीमा दुई धुव्रमा रहेका प्रधानमन्त्री र माओवादी पार्टीको मागको पनि सम्वोधन हुने गरी मध्यमार्गी बाटो के निस्कन्छ ? र, के खिचडी पाक्छ ? त्यो चित्र आउन आइतबार विहानसम्म पर्खनुपर्ने भएको छ ।
यो पनि

रामकृष्ण अधिकारी
अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।













कोरला नाकामा ठूलो परिमाणमा भेप बरामद
कांग्रेस विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो युनियन–पे कार्ड सेवा
प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूतको शिष्टाचार भेट
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया