एक किलो सुनसहित अध्यागमन कर्मचारी पक्राउ
मेरोन्यूज
२०७८ फागुन १३ गते २०:२४

काठमाडौं । सुन ओसार पसारमा संलग्न रहेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारी पक्राउ परेका छन् ।
विदेशबाट फर्किएका आफन्त कमल घिमिरेको सामान बोकेकाबेला ती अध्यागमनका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो । उनी अध्यागमन कार्यालयका स्टोर किपर हुन् ।
प्रहरीका अनुसार विदेशबाट फर्किएका आफन्त घिमिरेको झोला अध्यागमन कार्यालयका स्टोर किपरले बोेकेका थिए ।
सोही झोलाबाट १ किलो १ सय ६५ ग्राम सुन फेला परेको विमानस्थल प्रहरी स्रोतले जनाएको छ । सुन ओसार पसारमा अध्यागमनका ती कर्मचारीको समेत हात रहेको भन्दै सोधपुछका लागि पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
सम्बन्धित













प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल
आन्तरिक सुरक्षा : स्थिरता, विश्वास र राष्ट्र सन्तुलनको आधार
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
आज २०८२ साल माघ १ गते बिहीवारको राशिफल
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
प्रतिक्रिया