सर्लाहीमा १० करोडको लगानीमा डेरी उद्योग संञ्चालनमा

काठमाडौँ । मधेश प्रदेशमै ठूलो दुग्ध उद्योग सर्लाहीको हरिवनमा संचालनमा आएको छ । सर्लाहीको हरिवन नगरपालिका ९ नयाँरोडमा शुक्रबार उक्त डेरीको एक समारोहकाबीच उद्घाटन गरिएको हो ।
मंगलम डेरी एण्ड फुड इन्डस्ट्रिजको रुपमा संचालनमा आएको उद्योगको स्थानीय बयोवृद्ध बबरजंग थापाले उद्घाटन गरेका उद्योग संचालक राघो प्रसाद सिंहले जानकारी दिए । उद्योग संचालक सिंहका अनुसार यस उद्योग १० करोड लागतमा तयार गरिएको हो ।
यस उद्योगले अत्याधुनिक प्रविधिको प्रयोगबाट गुणस्तरीय दुग्ध पदार्थ उत्पादन गर्ने उनको भनाइ छ । दैनिक १६ हजार लिटरसम्म दुधका परिकार तयार गर्न सक्ने उद्योगको क्षमता रहेको उद्योग प्रसाशनले उल्लेख गरेको छ ।
यस उद्योगबाट छुर्पी, पोका दुध, दही, घ्युलगायतका परिकार उत्पादन गर्ने योजना रहेको छ । उद्योगबाट उत्पादन भएका पदार्थ सर्लाहीसहित रौतहट, बारा, पर्सा, महोतरी र धनुषासम्मका बजारमा पुर्याइने उद्योगका प्रबन्ध निर्देशक सवल सिंहले बताए ।
स्थानीय स्तरमा उत्पादन भएका दुध संकलन गरेर प्रयोग गरिने उद्योगले जनाएको छ । स्थानीय स्तरमा यती ठूलो उद्योग संचालनमा आएको भन्दै दुध उत्पादक किसानमा समेत खुसी छाएको छ । प्रत्यक्ष ३० जना कर्मचारी रहने उद्योगबाट यस क्षेत्रका एक सय ५० बढी नागरिकले रोजगारी पाउने छन् ।
उद्योग स्थापनामा स्विस कन्ट्याक्ट परियोजनाको समेत प्राविधिक सहयोग रहेको उद्योगका संस्थापक सिंहले जानकारी दिए । उद्योग उद्घाटन समारोहमा मधेस प्रदेश सांसद डिल्ली प्रसाद उप्रेती, हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाई, उप मेयर रेणुका पौडेल, सियाराम सिहं, माओवादी केन्द्रका जिल्ला संयोजक कमल बुडाथोकी, नेकपा एसका जिल्ला अध्यक्ष सुरेन्द्र लामा, कांग्रेस नेता राम प्रसाद मैनाली, हरिवन ९ का वडाध्यक्ष सिताराम पोखरेल, हरिवन १० का वडाध्यक्ष शम्भु मैनाली, टेक बहादुर थापा लगायतको आतिथ्यता रहेको थियो ।











निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया