बैंकको जागिर छाडेर कालिज पालन

म्याग्दी । जिल्ला सदरमुकाम बेनीबजारसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ७ लस्तीका युवा यामनाथ आचार्यले बैंकको जागिर छोडेर कृषि पेसा रोजेका छन् । आचार्य बैंकिङ क्षेत्रको जागिरै छाडेर व्यावसायिक रुपमा कालिज पालनमा लागेका हुन् ।
उनले लस्ती कृषि तथा पशुपन्छी फर्म दर्ता गरेर कालिज, टर्की, हाँस, बाख्रा र माछापालन गरेका छन् । करिब ३५ लाख लगानीबाट ‘जंगली कुखुरा’ भनेर चिनिने कालिजको व्यावसायिक पालन सुरु गरेका आचार्यले यस पेसामा धेरै सम्भावना रहेको बुझेपछि व्यवसायलाई थप लगानी र अझै व्यवस्थित बनाए ।
कालिजको मासु र अण्डा अरू पन्छीको भन्दा महँगोमा बिक्री हुन थालेपछि कालिज पालनमा लगानी थपेर थप व्यवस्थित बनाएको उनले बताए । उनको फार्ममा अहिले बिक्री भएर बँचेका सयभन्दा बढी कालिज छन् । तीन सयभन्दा बढी कालिज बिक्री गरिसकेको उनले जानकारी दिए । पौने दुई किलोसम्मको एउटा कालिज तीन हजार ५०० देखि चार हजारसम्ममा बिक्री हुने गरेको छ ।
कालिज प्रजातिका चरामा रोग प्रतिरोधी क्षमता बढी हुनाले जोखिम कम रहेको उनको भनाइ छ । कालिजका लागि उनले रैथाने आहारा (मकै, गहुँ, कोदो)का साथै बजारबाट आयातित दाना खुवाउने गरेका छन् । हरियो भुइँ तथा डालेघाँसबाट पनि उनले कालिजलाई दानाको व्यवस्थापन गरेको बताए । उनको फार्ममा तीन व्यक्तिले रोजगारी पाएका छन् ।
निकट भविष्यमा ‘ह्याचिङ मेसिन’ राखेर आफैँ चल्ला उत्पादन गर्ने र मासुका लागि भाले कालिजको सङ्ख्या बढाउने उनको योजना छ । पाँच महिनामा करिब दुई किलो तौल हुने र ती कालिज मासु खानका लागि योग्य हुने उनले जानकारी दिए । कालिजको मासु सबैका लागि स्वादिष्ट र उपयोगी हुने भए पनि विशेष गरी युरिक एसिड भएका व्यक्ति र सुत्केरीका लागि हितकारक हुने बताइएको छ ।
















काठमाडौं– ५ मा कमल थापाले गराए उम्मेदवारी दर्ता
अन्तरिम सरकारका ४ मन्त्री चुनावी मैदानमा
किम जोड.ले दीए उपप्रधानमन्त्री बर्खास्त
झापा ५ बाट बालेनले गराए उम्मेदवारी दर्ता
साइमेक्स इंकले नक्कली पेज र वेबसाइटविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया