मोटरसाइकल दुर्घटनामा वाईसीएल नेताको मृत्यु

स्याङ्जा । स्याङ्जाको फेदीखोला–१ भालुपहाडमा मोटरसाइकल दुर्घटना हुँदा वाईसीएल केन्द्रीय सदस्य सुवास पौडेलको मृत्यु भएको छ ।
ग ११ प १४५० नम्बरको मोटरसाइकलमा स्याङ्जाबाट पोखरा जाने क्रममा मोटरसाइकल दुर्घटनामा परी ३४ वर्षीय पौडेलको मृत्यु भएको हो ।
शुक्रबार साँझ वाईसीएल स्याङ्जाको बैठक उनी मोटरसाइकलमा एक्लै पोखरा जाँदै थिए ।
सडकबाट मोटरसाइकल चिप्लिएर झन्डै २ सय मिटर तल भेटिएको प्रहरीले जनाएको छ । पौडेलको शव भने मोटरसाइकल भन्दा ५० मिटर माथि भीरमा अल्झिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी राजेन्द्रप्रसाद अधिकारी जानकारी दिए ।
नेकपा माओवादी केन्द्रका स्याङ्जा फेदीखोला गाउँपालिका सचिव समेत रहेका पौडेल वाईसीएल स्वास्थ्य विभाग प्रमुखसमेत थिए । वाईसीएल इन्चार्ज तथा माओवादी केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दिपशिखा’ले पौडेलको निधनले स्तब्ध भएको बताएका छन् ।













चुरोटभन्दा हानिकारक हुक्का
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
Baglung adds 5,253 new voters for this poll
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया