फरार अभियुक्त पल शाह काण्डमा चलचित्र कलाकार संघको ध्यानाकर्षण

काठमाडौं । अभिनेता पल शाह काण्डलाई लिएर आएका समाचारप्रति नेपाल चलचित्र कलाकार संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
अभिनेता शाहको विषय, घटना र सन्दर्भ कानुनी उपचारमा रहेकाले त्यस सम्बन्धमा नेपालको कानुनले सम्बन्धित निकाय मार्फत निक्र्योल निकाल्ने भन्दै संघले समग्र चलचित्र क्षेत्र र कलाकारलाई लान्छना लगाउनु दुखद भएको संघले जनाएको छ ।
संघको केन्द्रीय अध्यक्ष रवीन्द्र खड्काले आज विज्ञप्ति जारी गर्दै व्यक्तिगत जीवन, पेशा र व्यवसाय फरक फरक कुरा भएकाले व्यक्तिको विषयलाई लिएर पेशा र व्यवसायलाई आक्षेप लगाउनु खेदजनक भएको जनाएका छन् ।
चलचित्रमा काम गरेको एउटा व्यक्तिको विषयसँग चलचित्र, पेशा र व्यवसायलाई जोडेर चलचित्र क्षेत्रलाई बदनाम गराउने, जनमानसमा दुष्प्रचार गर्ने खालका क्रियाकलाप नगर्न पनि संघले सबैलाई अनुरोध गरेको छ ।
अभिनेता पल शाहले नाबालिका गायिकालाई मायाप्रेममा पारेर यौन शोषण गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा बालिकाको परिवारले किटानी जाहेरी दिएपछि शाह फरार छन् ।
















मध्यपूर्व युद्धका कारण करिब एकहजार ५०० पानीजहाज अलपत्र
मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया