क्यूआर कोडमार्फत मन्दिरलाई भेटी भुक्तानी

काठमाडौँ । बागलुङ कालिका मन्दिरको भेटी तथा सहयोग रकमलाई बैंकिङ प्रणालीमा व्यवस्थापन गर्न क्यूआर कोडमार्फत भुक्तानी सुरु भएको छ । प्रभु बैंक बागलुङ शाखाले मन्दिरलाई क्यूआर कोड उपलब्ध गराएको हो ।
क्यूआर कोड हस्तान्तरण गर्दै नेपाल बैंकका निर्देशक तथा पोखरा कार्यालयका प्रमुख डा रामशरण खरेलले नोटको सुरक्षा, भेटी तथा सहयोग रकमको पारदर्शिता र असहज परिस्थितिमा भक्तजनको सहजताका लागि क्यूआर कोड सहयोगी बन्ने बताए । ‘देश डिजिटल युगमा प्रवेश गर्ने भनेको छ, अब हामी मन्दिरमा भेटी पनि डिजिटल माध्यामबाट चडाउन सक्छौँ,’ उनले भने, ‘नोटको सुरक्षामा यो प्रविधि निकै उपयुक्त हुनेछ ।’
मन्दिर र चाडपर्वका बेला नोटको प्रयोग हुँदा भिज्ने, च्यातिने, रङहरू लाग्नेलगायत समस्या हुने गरेको भन्दै उनले नोट छपाइमा लाग्ने राज्यको खर्च जोगाउन प्रविधि सहयोगी बन्ने बताए । मन्दिर परिसरमा क्यूआर कोड राखिने छ । सबै भक्तजनको पहुँचमा हुने क्यूआर कोड स्क्यान गरेर कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिको खातामा भक्तजन तथा दाताले सिधै रकम जम्मा गर्न सक्ने छन् । सामाजिक उत्तरदायित्वअन्र्तगत बैंकले आज मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरेर कोड हस्तान्तरण गरेको हो ।
कार्यक्रममा बोल्दै नेकपा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले पर्यटकीय कालिका मन्दिरलाई प्रविधि मैत्री बनाउन लागेको खुसी व्यक्त गरे । नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्माले धार्मिक पर्यटनको विकासमा लाग्न सबैलाई आग्रह गरे । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटी सदस्य कुसुम बुढाले बैंक तथा वित्तीय संस्थाले तल्लो वर्गका नागरिकको पहुँचमा पुगेर काम गर्नु पर्ने बताए ।
क्यूआर कोडको सुरुआत गर्दै प्रभु बैंक बागलुङ शाखाले कालिका मन्दिरको लागि पाँच हजार ५५५ र नेपाल बैंकका निर्देशक तथा पोखरा कार्यालयका प्रमुख डा रामशरण खरेलले एक हजार १११ सहयोग गरेका थिए ।

















अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
इरानकाे आक्रमणमा ज्यान गुमाएका श्रेष्ठको शव नेपाल ल्याइयो
रुपन्देही–५ मा रास्वपाका खान विजयी
दैलेख–२ मा एमालेका पोखरेल विजयी
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
काठमाडौँका यी स्थानमा हुँदैछ मतगणना
प्रतिक्रिया