फिफाले रुसको झण्डामाथि प्रतिबन्ध लगायो

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुसको झण्डामाथि प्रतिबन्ध लगाएको छ । युक्रेनमाथि रुसले हमला गरेपछि फिफाले रुसको राष्ट्रिय झण्डामाथि प्रतिबन्ध लगाएको हो ।
फिफाले रुसको राष्ट्रिय झण्डामा प्रतिबन्ध लगाउँदै फुटबल युनियन अफ रुस (आरएफयू)को झण्डामा खेल्नुपर्ने निर्णय गरेको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनविरुद्ध सैन्य कारबाही अघि बढाएपछि फिफाले फुटवलमा रुसको राष्ट्रिय झण्डा प्रयोग गर्न प्रतिबन्ध लगाएको हो ।
आइतबार फिफाले रुसका आगामी खेलहरू रसियन झण्डामा नभई आरएफयूको तटस्थ ब्यानरमा खेल्नुपर्ने निर्णय गरेको हो ।
यस्तै, युरोपियन फुटबलले च्याम्पियन्स लिगको फाइनल खेल पनि सेन्ट पिटर्सबर्गमा नगर्ने निर्णय गरेको छ ।
फिफाले रुसमाथि यस्तो निर्णय गरेसँगै केही देशले रुसमा फुटवल खेल्न पनि अस्वीकार गरेका छन् । पोल्याण्ड, स्विडेन र चेक गणतन्त्रले संयुक्त रूपमा रुसमा खेल्न अस्वीकार गरेका हुन् ।
















अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
प्रतिक्रिया